रौतहटमा छुरा प्रहार गरी हत्या

गौर नगरपालिका-७ सिसवा गाउँमा गए राति छुरा प्रहार गरी ५० वर्षीय यार महमद खानको हत्या गरिएको हो। 
रौतहटमा छुरा प्रहार गरी हत्या

रौतहट, जेठ ७ : रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या गरिएको छ।

गौर नगरपालिका-७ सिसवा गाउँमा गए राति छुरा प्रहार गरी ५० वर्षीय यार महमद खानको हत्या गरिएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसित खानको झगडा भएको थियो। सो क्रममा साविरले खानको छातीमा छुरा प्रहार गरेका थिए।

गम्भीर घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। 

गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा खान आफ्नो वडामा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका थिए। तर निर्वाचनमा उनी पराजित भएका थिए।

छुरा प्रहारी गरी साविर भने फारार भएका छन्। उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:१४ बजे, शनिबार, जेठ ६, २०८०
प्रतिक्रिया दिनुहोस्