Kathmandu Press

गर्मी बढेर महोत्तरीको जनजीवन कष्टकर

महोत्तरी जिल्लामा केही दिनदेखि निकै बढेको गर्मी छ । पछिल्ला केही दिन यता त्यहाँको तापक्रम बढेर ४० डिग्री देखि ४३ डिग्रीसमेत पुग्न थालेको छ ।
गर्मी बढेर महोत्तरीको जनजीवन कष्टकर

महोत्तरी, जेठ २ः महोत्तरी जिल्लामा केही दिनदेखि निकै बढेको गर्मी छ । पछिल्ला केही दिन यता त्यहाँको तापक्रम बढेर ४० डिग्री देखि ४३ डिग्रीसमेत पुग्न थालेको छ । गर्मी बढेसँगै जलेश्वरस्थित प्रादेशिक अस्पतालमा विरामीको भिड पनि बढ्दै गएको छ ।

जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट डा. मनिषा भारद्वाजका अनुसार सेवा लिन आउने विरामीको संख्यामा दोब्बर वृद्धि भएको छ । सामान्यतय अस्पतालमा दैनिक ७० देखि ७५ जना उपचारका लागि आउने गरेकामा अहिले बढेर १५० देखि २५० बिरामी उपचारका लागि आउने गरेको उनले बताइन् ।

Hardik ivf

उनका अनुसार गर्मीले आउ, ज्वरो, झाडापखाला, टाइफाइड, छालाजन्य रोग, पानीको कमी र जन्डिसका बिरामीको संख्या अत्यधिक बढेको हो । अधिकांश झाडापखालाका बिरामी अस्पतालमा आउने गरेका र अधिकांश आठ वर्षमुनिका बालबालिका र ५०–६० वर्षमाथिका वृद्धवृद्धा रहेको डा. भारद्वाजले जानकारी दिइन् । 

चर्को घाम र तातो हावाका कारण जलेश्वर नगर क्षेत्रसहित सहरी र ग्रामीण क्षेत्रमा दिउँसो सर्वसाधारणको आवतजावत समेत घटेको छ । चर्को घाम र तातो हावाका कारण बिहान १०–११ बजेदेखि अपराह्न ५ बजेसम्म प्रायः सडक सुनसान नै हुन्छन् भने अत्यावश्यक कामबाहेक सर्वसाधारण घरमै बस्छन् ।

अत्यधिक गर्मीका कारण ह्याण्डपाइप, कुवा, इनार, पोखरीलगायत पानीको मुहान सुक्न थालेका छन् । तापक्रम वृद्धिले कृषि क्षेत्रमा समेत प्रत्यक्ष असर पारेको छ । लामो खडेरीका कारण अधिकांश किसानले धानको बीउ राख्न पाएका छैनन् । आकाशे पानीको भरमा खेती गर्ने किसान वर्षा नभएकाले बीउ राख्न नपाउँदा खेत बाँझै रहने चिन्तामा छन् । गर्मीले गर्दा तरकारी बाली र फलफूलमा पनि प्रतिकूल प्रभाव पारेको छ ।

प्रकाशित मिति: १०:१३ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्