Kathmandu Press

शेयर बजार सकारात्मक, अब के होला ?

काठमाडौं, माघ १६ : साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा क्रेताको चाप देखिएको छ।

नेप्सेको ट्रेडिङ्ग उपसूचकबाहेक सबै उपसूचकमा वृद्धि ....

शेयर बजार सकारात्मक, अब के होला ?

काठमाडौं, माघ १६ : साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा क्रेताको चाप देखिएको छ।

नेप्सेको ट्रेडिङ्ग उपसूचकबाहेक सबै उपसूचकमा वृद्धि रहेको छ।  निर्जीवन र जीवन बीमा समूहमा क्रमशः ३ दशमलव ९६ र २ दशमलव २८ प्रतिशतले सर्वाधिक वृद्धि भएको छ भने बैंकिङ समूहमा १ दशमलव ६१ प्रतिशतको वृद्धि रहेको छ। यसरी प्रायः जसो सबै उपसूचक वृद्धि हुनुलाई सकारात्मक मानिन्छ।

नेप्से परिसूचक १९ दशमलव ५१ अंकले बढेर १३२५ दशमलव ३८ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार १ दशमलव ४९ प्रतिशतले बढेको छ। १३०६ दशमलव २९ को विन्दुमा खुलेको बजार १३३२ दशमलव २९ को उच्च विन्दुसम्म पुगेको थियो। 

Hardik ivf

कारोबार खुलेको विन्दु नै न्यून विन्दु रहेको रहँदा दिनभरमा १ अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। बजार बढेका बेला कारोबार पनि बढ्नुलाई सकारात्मक मानिन्छ।

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै सूर्या लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ। सूर्या लाइफ इन्स्योरेन्सको ११ करोड ३६ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले सर्वाधिक ५ दशमलव ३६ प्रतिशतले गुमाए।


छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो दिन गरिएको विश्लेषणको निष्कर्ष अनुसार यदि बजार १३१७ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने र अर्को तत्कालीन सामान्य प्रतिरोध १३२५ देखि १३३० को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजार सकारात्मक रहेको र १३३३ दशमलव २९ को उच्च विन्दु बनाए पनि नेप्से परिसूचक १३२५ दशमलव ३८ को विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजारले १२७४ मा टेवा प्राप्त गरी सकारात्मक रहेको र हाल मुख्य प्रतिरोध क्षेत्र नजिक हुँदै गएको देखिन्छ। आज बजारले बुलिस मैनबत्ती आकृति बनाएको छ। यसले बजारमा खरिदकर्ताको चाप रहेको संकेत गर्दछ। आज कारोबार रकम पनि बढेको छ। यसले अन्तिम दिनको मैनबत्तीलाई समर्थन गरेको छ।

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, तीन दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दुई कारोबार दिन प्रवृत्तिहीन रहेको बजार आज बढ्दो प्रवृत्तिमा रहेको छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले ‘गोल्डन क्रस’ बनाएर बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५५ दशमलव ६६ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा स्टोकास्टिक अक्सिलेटरले बजार केही सच्चिन सक्ने संकेत गरेको छ। 

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुले मिश्रित संकेत गरे पनि समग्र रुपमा हेर्दा यदि बजार १३३३ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने देखिन्छ। र, पुनः १३५० देखि १३६० को मुख्य प्रतिरोधलाई सामना गर्नुपर्ने देखिन्छ। त्यस्तै, हाल बजारको सामान्य टेवा १३१५ को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:२७ बजे, बिहीबार, माघ १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्