आज शेयर बजार ५ दशमलब ५२ अंकले बृद्धि
काठमाडौं, माघ १४ : साताको तेश्रो कारोवार दिन मंगलबार नेप्से परिसूचक ५ दशमलव ५२ अंकले बढेर १३०६ दशमलव १५ को विन्दुमा बन्द भएका छ।
काठमाडौं, माघ १४ : साताको तेश्रो कारोवार दिन मंगलबार नेप्से परिसूचक ५ दशमलव ५२ अंकले बढेर १३०६ दशमलव १५ को विन्दुमा बन्द भएका छ।
दोश्रो बजार ० दशमलव ४२ प्रतिशतले बढेको छ। दोश्रो बजार १३०० दशमलव ६६ को विन्दुमा खुलेको थियो भने १३१६ दशमलव ४४ को उच्च विन्दु सम्म पुगेको थियो। आज बजार खुलेको विन्दु नै न्यून विन्दु रहेको छ।
आज १ अर्ब ४० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने बढेको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोवार हुने
आज सबै भन्दा धेरै ग्लोबल आईएमई बैङ्क लिमिटेडको शेयर किनबेच भएको छ। ग्लोबल आईएमई बैङ्क लिमिटेडको ९ करोड ९५ लाख बराबरको शेयर किन बेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज शिखर इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ८ प्रतिशतले कमाए भने गुवेश्वोरी फाइनान्सका शेयरधनीले सर्वाधिक ४ दशमलव ३५ प्रतिशतले गुमाए।
छोटो समयावधिको प्राविधिक बिश्लेषण
अघिल्लो दिन गरिएको विश्लेषणको निश्कर्ष अनुसार समग्र रुपमा हेर्दा बजार सकारात्मक रहेको र पहिलो सामान्य प्रतिरोध १३१० को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजार १३१६ दशमलब ४४ विन्दुुम्म पुगे पनि १३०६ दशमलब १५ विन्दुमा बन्द भएको छ।
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १ मा दैनिक मैनबत्ती बिश्लेषण अनुसार हाल बजार १२७४ मा टेवा प्राप्त गरि सकारात्मक रहेको देखिन्छ। आजको मैनबत्तीले कारोबारको पहिलो समय क्रेताको चाप रहेको र अन्तिम समयमा विक्रेताको चाप रहेको संकेत गरेको छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन बढ्दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहिन रहेको छ। यसले लगानीकर्ता अन्योल रहेको संकेत गर्दछ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकआपसमा नजिकिंदै गएकोले बजारमा क्रेताको चाप कमजोर हुन थालेको देखिन्छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४१ दशमलब ९३ अंकमा रहेको छ। यसको प्रवृत्ति हाल प्रभावकारी देखिंदैन। कारोबारको अन्तिम समयमा स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको र क्रेताको चाप हुन सक्ने संकेत गरेको छ।
निश्कर्ष
छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुलाई समग्र रुपमा हेर्दा यदि बजार १३१७ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने र अर्को तत्कालिन सामान्य प्रतिरोध १३२५ देखि १३३० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, हाल बजारको सामान्य टेवा १२९५ को क्षेत्रमा रहेको देखिन्छ।