Kathmandu Press

नेप्सेका सबै उपसूचकमा वृद्धि 

काठमाडौं, माघ १३ : गत सातादेखि लगातार घटिरहेको शेयर बजार सोमबार नेप्सेको सबै उपसूचकमा वृद्धि देखिएको छ। ट्रेडिङ्ग र होटल समूहमा सर्वाधिक ४ दशमलव ....

नेप्सेका सबै उपसूचकमा वृद्धि 

काठमाडौं, माघ १३ : गत सातादेखि लगातार घटिरहेको शेयर बजार सोमबार नेप्सेको सबै उपसूचकमा वृद्धि देखिएको छ। ट्रेडिङ्ग र होटल समूहमा सर्वाधिक ४ दशमलव ४७ र ४ दशमलव २६ प्रतिशतको वृद्धि रहेको छ। बैंकिङ्ग समूह भने १ दशमलव ६१ प्रतिशतले बढेको छ। 

नेप्से परिसूचक २३ दशमलव ९५ ले बढेर १३०० दशमलव ६२ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार १ दशमलव ८८ प्रतिशतले बढेको छ। १२७६ दशमलव ६८ को विन्दुमा खुलेको दोस्रो बजारको अन्तिम विन्दै नै उच्च विन्दु रहेको छ। यसलाई सकारात्मक मानिन्छ र अर्को कारोबार दिनको पहिलो समयमा बजार सकारात्मक हुन सक्ने सम्भावना रहन्छ। 

बजारको न्यून विन्दु १२७४ दशमलव ०३ रहँदा दिनभरमा ९१ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  कारोबार रकम भने घटेको छ।

Hardik ivf

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड १४ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज समिट लघुवित्तका शेयरधनीले सर्वाधिक ७ दशमलव ७९ प्रतिशतले कमाए भने जोशी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ३ दशमलव ०८ प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो दिन गरिएको विश्लेषणको निष्कर्ष अनुसार बजार प्रवृत्ति र सूचकहरुको सकारात्मक संकेत पर्खनु पर्ने र हाल बजारको सामान्य प्रतिरोध १२८५ मा देखिन्छ भनिएको थियो। आज बजारले १२८५ को प्रतिरोधलाई तोडेर सकारात्मक रहेको देखिन्छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार हाल बजार १२७४ मा टेवा प्राप्त गरी सकारात्मक रहेको देखिन्छ। हिजो र आजको बजार प्रवृत्तिले ‘बुलिस एन्गल्फिङ्ग’ मैनबत्तीको आकृति बनाएको छ। यसले बजारमा क्रेताको चाप हुन सक्ने संकेत गर्दछ। परिमाण भने अघिल्लो दिनभन्दा घटेको छ।
 
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, तिन दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दुई कारोबार दिन घट्दो प्रवृत्तिमा रहेको बजार आज बढ्दो प्रवृत्तिमा रहेको छ।

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले ‘गोल्डन क्रस’ बनाएपछि बजारमा क्रेताको चाप हुन थालेको देखिन्छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ७९ दशमलव ४३ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरेको छ।  

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुलाई समग्र रुपमा हेर्दा बजार सकारात्मक रहेको र पहिलो सामान्य प्रतिरोध १३१० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, हाल बजारको सामान्य टेवा १२९५ को क्षेत्रमा रहेको देखिन्छ। 


 

प्रकाशित मिति: १८:३५ बजे, सोमबार, माघ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्