Kathmandu Press

शेयर बजारमा विक्रेताको चाप

काठमाडौं, माघ १२ : साताको पहिलो कारोवार दिन आइतबार नेप्सेको सबै उपसूचकमा गिरावट रहेको छ। निर्जीवन बीमा र ट्रेडिङ्ग समूहमा सर्वाधिक २ दशमलव ७....

शेयर बजारमा विक्रेताको चाप

काठमाडौं, माघ १२ : साताको पहिलो कारोवार दिन आइतबार नेप्सेको सबै उपसूचकमा गिरावट रहेको छ। निर्जीवन बीमा र ट्रेडिङ्ग समूहमा सर्वाधिक २ दशमलव ७९ र २ दशमलव ११ प्रतिशतको गिरावट रहेको छ। बैंकिङ्ग समूह भने १ दशमलब ६२ प्रतिशतले घटेको छ। 

नेप्से परिसूचक २० दशमलव ७९ अंकले घटेर १२७६ दशमलव ६८ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार १ दशमलव ६० प्रतिशतले घटेको छ। १२९८ दशमलव ६७ को विन्दुमा खुलेको दोस्रो बजार १२९९ दशमलव ४७ को उच्च विन्दुसम्म पुगेको थियो। 

बजारको न्यून विन्दु १२७५ दशमलव ५२ रहँदा दिनभरमा ९६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने घटेको छ।  

Hardik ivf

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै डिप्रोक्स लघुवित्तको शेयर किनबेच भएको छ। डिप्रोक्स लघुवित्तका ८ करोड २६ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज जोशी हाइड्रोपावर डेभलपमेन्टका शेयरधनीले सर्वाधिक ३ दशमलव १७ प्रतिशतले कमाए भने जानकी फाइनान्सका शेयरधनीले सर्वाधिक ८ दशमलव ५६ प्रतिशतले गुमाए। 

छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो दिन गरिएको विश्लेषणको निष्कर्ष अनुसार बजारको प्रवृत्ति र सूचकहरुलाई समग्र रुपमा हेर्दा बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। त्यसैले बजार प्रवृत्ति र सूचकहरुको सकारात्मक संकेत पर्खिनु पर्ने र टेवा १२८५ को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजारले घट्दो प्रवृत्तिले नै निरन्तरता पाएको र १२८५ को टेवालाई पनि तोडेको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजारले मुख्य प्रतिरोधलाई सामना गरेर घटेको देखिन्छ। आज पनि बजारले बियरिस मैनबत्तीको आकृति बनाएको छ। यसले बजारमा विक्रेता हाबी संकेत गर्दछ। परिमाण भने अघिल्लो दिनभन्दा घटेको छ।   

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिन घट्दो प्रवृत्तिमा रहेको बजारले आज पनि निरन्तरता पाएको छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु फराकिलो रहेकाले बजारमा विक्रेता हाबी रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) २२ दशमलव ७५ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गरेको छ।  

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। त्यसैले बजार प्रवृत्ति र सूचकको सकारात्मक संकेत पर्खनु पर्ने देखिन्छ। हाल बजारको सामान्य प्रतिरोध १२८५ मा देखिन्छ भने टेवा १२५० देखि १२६० को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:५१ बजे, आइतबार, माघ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्