Kathmandu Press

नेकपाका सांसद दीपक मनाङ्गे ६ हजार धरौटीमा रिहा

पोखरा, माघ १२ :  गण्डकी प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे धरौटीमा रिहा भएका छन्।  

जिल्ला अदालत कास्कीले आइतबार नेपाल ....

नेकपाका सांसद दीपक मनाङ्गे ६ हजार धरौटीमा रिहा

पोखरा, माघ १२ :  गण्डकी प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे धरौटीमा रिहा भएका छन्।  

जिल्ला अदालत कास्कीले आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद मनाङ्गेलाई ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।  अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि सांसद मनाङ्गेलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो। 

मनाङेले आफूमाथि हातपात गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्की अध्यक्ष मिलन गुरुङले ज्यान सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका थिए।  सोही उजुरीका आधारमा प्रहरीले सांसद मनाङ्गेलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।

मुख्यमन्त्री कपको उद्घाटन शत्रअघि मंगलबार मनाङेले जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष गुरुङमाथि मुक्का र लात्ती प्रहार गरेका थिए। 

प्रकाशित मिति: १७:४२ बजे, आइतबार, माघ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्