मोइल अली र राहुल यादव चम्किँदा जनकपुरको पहिलो जित, काठमाडौं ८ विकेटले पराजित
काठमाडौंले दिएको ११६ रनको झिनो लक्ष्य जनकपुरले १६ बल बाँकी छँदा २ विकेटको क्षतिमा भेट्टायो।
काठमाडाैं, कात्तित १२ : नेपाल प्रियिमर लिग (एनपिएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ। मोइल अली र राहुल यादव चम्किएपछि जनकपुरले टियू मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले हरायो।
काठमाडौंले दिएको ११६ रनको झिनो लक्ष्य जनकपुरले १६ बल बाँकी छँदा २ विकेटको क्षतिमा भेट्टायो। उसका लािग मोइनले ५१ बलमा समान ३ चौका र छक्का मद्दतमा नटआउट ५८ रन बनाउँदा सइफ हसनले ३९ बलमा १ चौका र ३ छक्का मद्दतमा ४० रन बनाए। यी दुईले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए।
बलिङमा काठमाडौंका रिपोन मन्डलले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रनमै अलआउट भएको थियो। उसका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाउँदा रसिद खान १७, स्मित पटेल १३ सुमित महर्जन १० रन बनाए। अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
काठमाडनैंलाई सस्तोमै समेट्ने क्रममा जनकपुरका आइकोनिक प्लेयर राहुल यादवले ४ ओभरमा ३१ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए। उनले २ खेलम ७ विकेट लिइसकेका छन्।
यस्तै, सैफ हसनले २, मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले समान एक विकेट लिए।
आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स भीड्दै छन्। तर, काठमाडौंमा सामान्य वर्षा भइरहेकाले खेल प्रभावित हुने सम्भावना छ।











