राहुल चम्किँदा जनकपुरले काठमाडौंलाई ११५ रनमै रोक्यो
काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाउँदा रसिद खान १७, स्मित पटेल १३ सुमित महर्जन १० रन बनाए। अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
काडमाडाैं, कात्तिक १२ : युवा मिडियम पेसर राहुल यादवले फेरि उत्कृष्ट प्रदर्शन गरेपछि एनपिएलको दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ११५ रनमै रोकेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमान्डु १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भयो।
काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाउँदा रसिद खान १७, स्मित पटेल १३ सुमित महर्जन १० रन बनाए। अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
काठमाडनैंलाई सस्तोमै समेट्ने क्रममा जनकपुरका आइकोनिक प्लेयर राहुल यादवले उत्कृष्ट प्रदर्शन गरे। राहुलले ४ ओभरमा ३१ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए। उनले २ खेलम ७ विकेट लिइसकेका छन्। यस्तै, सैफ हसनले २, मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले समान एक विकेट लिए।
प्रकाशित मिति: १४:४७ बजे, बिहीबार, कात्तिक १२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











