कोरोना भाइरस : स्वास्थ्य परीक्षण गर्न त्रिभुवन विमानस्थलमा खटाइयो मेडिकल टिम
काठमाडौं, माघ १२ : सरकारले कोरोना भाइरसको संक्रमण रोक्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आठ जनाको मेडिकल टोली खटाएको छ।
<....
काठमाडौं, माघ १२ : सरकारले कोरोना भाइरसको संक्रमण रोक्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आठ जनाको मेडिकल टोली खटाएको छ।
स्वास्थ्य मन्त्रालयले चार जना चिकित्सक, तीन जना नर्स र एक जना हेल्थ असिस्टेन्ट गरी आठ जनाको चिकित्सकको टोलीलाई विमानस्थलमा २४ सैं घण्टा भाइरस परीक्षण गराउने गरी खटाएको हो।
‘चीनबाट नेपाल आउने यात्रुहरुमा कोरोना भाइरस छ कि छैन भनेर परीक्षण गर्न आठ जनाको मेडिकल टिम मन्त्रालयले परिचालन गरेको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले काठमाडौं प्रेससँग भने, ‘चीनबाट आउने सबै विमानका यात्रुहरुलाई विशेष परीक्षण गर्ने संयन्त्र तयार गरेका छौँ।’
सरकारले चीनका विभिन्न शहरबाट त्रिभुवन विमानस्थलमा अवतरण हुने सबै विमानहरुमा विशेष निगरानी राखेको छ। चीनका विभिन्न शहरबाट चाइना साउर्थन, टिवेट एयरलाइन्स र हिमालयन एयरलाइन्सले उडान गर्दैै आएका छन्।
शुक्रबारमात्रै चीनको हुवेइबाट आएका एक जना नेपाली विद्यार्थीमा कोरोना भारसर संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो।











