Kathmandu Press

सन्दीपलाई गुमाउँदा दुःखी छन् मेलबर्नका प्रशिक्षक डेविड

काठमाडाैं, माघ १२ : अष्ट्रेलियामा जारी बिग बास लिगलाई बीचमै छाडेर नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने सोमबार नेपाल फर्कँदैछन्।

मेलबर्....

सन्दीपलाई गुमाउँदा दुःखी छन् मेलबर्नका प्रशिक्षक डेविड

काठमाडाैं, माघ १२ : अष्ट्रेलियामा जारी बिग बास लिगलाई बीचमै छाडेर नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने सोमबार नेपाल फर्कँदैछन्।

मेलबर्न स्टार्सबाट लागतार दोस्रो सिजन बिग बास लिग खेलेका सन्दीप विश्वकप क्रिकट लिग–२अन्तर्गतको अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिज खेल्न नेपाल आउन लागेका हुन्। सन्दीपलाई बिग बासबाट गुमाउँदै मेलबर्नका मुख्य प्रशिक्षक डेबिड हसी भने दुःखी भएका छन्।

सन्दीप राष्ट्रिय टिमबाट खेल्न नेपाल आउने पक्का भएपछि प्रशिक्षक हसीले मेबलर्नलाई ठूलो घाटा भएको बताएका छन्।  क्रिकेट अष्ट्रेलियासँग कुरा गर्दै हसीले भनेका छन्, ‘सन्दीप हाम्रो बलिङका मुख्य हतियार हुन्। उनले बाँकी खेल खेल्दैनन्, त्यसले मलाई चिन्तित बनाएको छ। किनभने उनको अनुपस्थित हाम्रो लागि महँगो पर्नसक्छ।’ 

‘एउटा उत्कृष्ट खेलाडी गुमाउँदा दुःखी छु। तर, उनी राष्ट्रिय टिमबाट खेल्न जाँदै छन्, त्यो हाम्रा लागि पनि खुसीको कुरा हो,’ हसीले भने, ‘टिमसँगै पछिल्ला २ सिजन सन्दीपले बिग बासमा उत्कृष्ट प्रदर्शन गरे। उनी बाँकी खेलमा हामीसँग नहुनु हाम्रा लागि दुःखद् हो।’

सन्दीप बिग बासमा मेलबर्नका सार्वधिक विकेट लिने खेलाडी हुन्। उनले १३ खेलमा १५ विकेट लिएका छन्। यो सिजनको आफ्नो अन्तिम खेलमा सन्दीपले ब्रिस्वन हेटविरुद्ध ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिएका थिए। यो सन्दीपको फ्रेन्चाइज लिगमा सर्वाधिक विकेट पनि हो। 

प्रशिक्षक हसीले आफूले सधैं स्पिनलाई प्राथमिकता राखेको बताएका छन्। र, यस पटक बिग बासमा स्पिनलाई विशेष महत्व दिएको उनले बताएका छन्। ‘मेरो योजना अनुसार नै स्पिनरले उत्कृष्ट प्रदर्शन गरेका छन्, त्यसमा सन्दीपको भूमिका अहम् रह्यो। उनी मेलबर्नका स्पिनका मुख्य हतियार हुन्, उनैलाई केन्द्रमा राखेर हामीले योजना बनाएका थियौं। हाम्रो योजनाका प्रमुख हिस्सा हुन्,’उनले भने।

अष्ट्रेलियाका पूर्वक्रिकेटर समेत रहेका हसीले सन्दीप एक उत्कृष्ट खेलाडी भएको पनि बताए। र, उनले सन्दीप एक राम्रा मानिस भएको बताए। अब सन्दीपको स्थानमा पाकिस्तानका दिल्बर हुसेनले लिने छन्। उनले ब्रिस्बन हेटविरुद्ध नै मेलबर्नका लागि डेब्यू गरेका छन्। 

सन्दीपसँगै मेलबर्नले स्टार ब्याट्सम्यान पिटर ह्यान्डसकोम्बलाई पनि गुमाएको छ। हातमा चोट लागेका कारण ह्यान्ड्सकोम्बले बिग बासका बाँकी खेल गुमाएका हुन्। दुई स्टार खेलाडी गुमाएको मेलबर्नका लागि ह्यारिस रउफको पुनरागमनले भने केही राहत दिएको छ।

बंगलादेशविरुद्धको टि–२० सिरिजका पहिलो पटक टिममा बोलाइएपछि रउफ बिग बास छाड्दै पाकिस्तान लागेका थिए। सोमबार हुने अन्तिम खेलपछि रउफ पुनः अष्ट्रेलिया जाने छन्। रउफ पाकिस्तानको ओडिआई टिममा पनि परेका छन्। 

प्रकाशित मिति: १६:३८ बजे, आइतबार, माघ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्