Kathmandu Press

कोरोना भाइरस फैलन नदिन आवश्यक व्यवस्थापन गर्न सरकारसँग कांग्रेसको माग

काठमाडाैं, माघ १२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आ....

कोरोना भाइरस फैलन नदिन आवश्यक व्यवस्थापन गर्न सरकारसँग कांग्रेसको माग
फाइल

काठमाडाैं, माघ १२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। 

नेपाल पनि कोरोना भाइरसबाट उच्च जोखिममा रहेको छ। चीनको हुबई प्रान्तको राजधानी उहानबाट फैलन शुरु भएको कारोना भाइरस आधा दर्जन मुलुकमा फैलिसकेकोे छ।
 
उहान शहरमा विभिन्न विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली व्यवसायीसमेत जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्धारका लागि आवश्यक व्यवस्था गर्न कांग्रेस संसदीय दल आग्रह गरेको हो।

“महामारीका रुपमा फैलन सक्ने कोराना भाइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था तथा सङ्क्रमित व्यक्तिको उचित उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछौँ”, प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति: १६:१५ बजे, आइतबार, माघ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्