Kathmandu Press

माैसममा बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडाैं, माघ १२ : भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ।

माैसममा बदली, केही स्थानमा वर्षाको सम्भावना
फाइल

काठमाडाैं, माघ १२ : भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ।

मौसमी प्रणालीले अहिले देशका पूर्व र मध्यका सबै भूभाग तथा पश्चिमको बाग्लुङ र पर्वतपूर्व बाहेकका पहाडी जिल्लामा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् मञ्जु बासीले बदलीसँगै देशका मध्य र पूर्वका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन्। सोमबारदेखि मौसममा क्रमिक सुधार आए पनि साँझतिर पुनः पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले अझै केही दिन मौसम बिग्रने उनले बताइन्। मौसमविद् बासीका अनुसार मौसमी प्रणाली भित्रिए पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने वृद्धि नहुने क्रमशः तापक्रम वृद्धि हुँदै जानेछ।

काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम बदली भई घाम नलागेका कारण बढी चिसो महसुस गरिएको छ। देशका पूर्व, मध्य र पश्चिम तराई क्षेत्रमा बिहान हुस्सु र कुहिरो लागे पनि आज अपराह्नदेखि कुहिरो हटिसकेको छ। आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव चार डिग्री सेल्सियस र अधिकतम तापक्रम १६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ। 

शनिबार र अघिल्ला केही दिन काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुईदेखि तीन डिग्रीको हाराहारीमा पुगे पनि घाम लागेका कारण चिसो कम भएको थियो। माघ महिनामा दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ। रासस

प्रकाशित मिति: १६:११ बजे, आइतबार, माघ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्