उपसभामुख माग्न कमण्डलु लिएर संसदमा आएका छैनौं : कांग्रेस
काठमाडौं, माघ १२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग उपसभामुख नमागेको स्पष्ट पारेको छ।&....

काठमाडौं, माघ १२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग उपसभामुख नमागेको स्पष्ट पारेको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा सभामुखमा उम्मेदवारी नदिनुको कारणबारे जानकारी गराउँदै कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले बाहिर चर्चा भएजस्तो कांग्रेसले उपसभामुख मागेको कुरा सत्य नभएको बताएका हुन्।
डा. रिजालले कांंग्रेस कमण्डलु लिएर उपसभामुख माग्न संसदमा प्रस्तुत नहुने बताए। ‘हामीसँग मत पनि छैन र हामी उपसभामुख माग्न कमण्डलु लिएर आएका पनि छैनौं। स्पष्ट होस्,’ उनले भने।
संविधानमा सभामुख र उपसभामुख अलग-अलग पार्टीको हुनुपर्छ भन्ने स्पष्ट व्यवस्था रहेको स्मरण भने उनले गराए।











