एम्बुलेन्समा लग्दै गरेको ३० किलो गाँजासहित तीन युवक पक्राउ
मकवानपुर, माघ १२ : सरकारी एम्बुलेन्समा ३० किलोग्राम ६ सय ग्राम गाँजा तस्करी गरिरहेका तीन जना मकवानपुरमा पक्राउ परेका छन्।
रौतहटको डुमरिया नग....

मकवानपुर, माघ १२ : सरकारी एम्बुलेन्समा ३० किलोग्राम ६ सय ग्राम गाँजा तस्करी गरिरहेका तीन जना मकवानपुरमा पक्राउ परेका छन्।
रौतहटको डुमरिया नगरपालिका–९ को स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा गएराति गाँजा तस्करी गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको हो।
एम्बुलेन्स चालक रौतहटको डुमरिया नगरपालिका–९ का महमद खलिद, डुमरिया–४ का अशोक कुमार र भारत विहार मोतिहारी बसन्तपुरका विनोद सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एसपी सुशीलसिंह राठौरले बताए। उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको उनको भनाइ छ।
गाँजासँगै प्रहरीले उनीहरूबाट ९१ हजार रुपैयाँ र दुई हजार दुई सय भारतीय रुपैयाँ पनि बरामदगरेको जनाएको छ।











