अमेरिकाबाट उपमेयरको जवाफ- म लुकेकी छैन, बिरामी छु
काठमाडौं, माघ १२ : अमेरिका पुगेर सम्पर्कमा नआएको आरोप लागेकी कालिकोटको तिलागुफा नगरपालिका उपमेयर दन्ता नेपालीले जवाफ दिएकी छनं, ‘म लुकेको छैन, ह....

काठमाडौं, माघ १२ : अमेरिका पुगेर सम्पर्कमा नआएको आरोप लागेकी कालिकोटको तिलागुफा नगरपालिका उपमेयर दन्ता नेपालीले जवाफ दिएकी छनं, ‘म लुकेको छैन, हराएको छैन, बिरामी छु।’
उनले आइतबार फेसबुकमा लामो स्टाटस लेख्दै आफूविरुद्ध गतल प्रचार भएको गुनासो गरेकी छन्। केही मिडियाले उनी अमेरिकामा लुगेको भन्दै समाचार प्रकाशन गरेका थिए।
उनले आफू मेयर रत्न शाही र प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजाललाई जानकारी दिएरै उपचार गरिरहेको उल्लेख गरेकी छन्। मेयर शाहीले भ्रमण स्वीकृत गरेर अमेरिका पुगेको उल्लेख गर्दै बिरामी परेका कारण फर्किन नसकेको जनाएकी छन्।
‘अमेरिकाबाट बारम्बार कार्यालयमा फोन गर्दा, मेयरलाई सम्पर्क गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालजीसँग पनि कुरो भएको हो। वार्ड अध्यक्षहरुसँग पनि कुरो भएको हो। कतैबाट केहि प्रतिक्रिया आएन, (उपचार) सहयोग त झन कुरै भएन,’ उपमेयर नेपालीले लेखेकी छन्, ‘मैले सोचे म बरु मर्छु, तर सरकारी पैसामा उपचार गर्दिन, माग्दिन पनि।...सरकारको सुक्का पैसा पनि मलाई चाहिएनँ।’
उनले अहिले उपचार चलिरहेको बताएकी छन्। बोलचाल गर्न नसक्ने अवस्थामा रहेको र अझै पाँच महिना लाग्ने बताएकी छन्। पाँच महिनापछि फर्किने उपमेयर नेपालीले स्पष्ट पारेकी छन्।











