आज सभामुखको निर्वाचन हुँदै, सापकोटा एक्ला उम्मेदवार
काठमाडौं, माघ १२ : आज प्रतिनिधिसभाका सभामुखको निर्वाचन हुँदै छ।
संसद् सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार, अपराह्न ३ बजे निर्वाच....

काठमाडौं, माघ १२ : आज प्रतिनिधिसभाका सभामुखको निर्वाचन हुँदै छ।
संसद् सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार, अपराह्न ३ बजे निर्वाचन हुनेछ। यसका लागि अघिल्लो साता निर्वाचन प्रक्रिया सुरू गरिएको थियो।
माघ ७ गते उम्मेदवारी दर्ताको समय तोकिएको थियो। त्यसमा नेकपाका सांसद् अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको हो। अन्य दलले उम्मेदवारी नदिएपछि सापकोटा निर्विरोध भएका छन्।
आजको संसद बैठकले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ। आजको बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बस्नेछ।
संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएका थिए। उनी अहिले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।
उनले राजीनामा दिएपछि रिक्त रहेको पदमा पाँच महिनापछि निर्वाचन हुन लागेको हो।











