अग्नि सापकोटाविरुद्धको मुद्दा सुनुवाइकाे पहिलो नम्बरमा
काठमाडौं, माघ १२ : आज सभामुख घोषणा हुन लागेका नेकपा नेता अग्नि सापकोटाविरुद्धको मुद्दा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।
द्वन्द्वको समयम....

काठमाडौं, माघ १२ : आज सभामुख घोषणा हुन लागेका नेकपा नेता अग्नि सापकोटाविरुद्धको मुद्दा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।
द्वन्द्वको समयमा काभ्रेका अर्जुन लामाको अपहरण तथा हत्या आरोपमा सापकोटाविरुद्ध मुद्दा विचारधिन छ। हत्या आरोपको मुद्दा विचाराधिन रहेको अवस्थामा प्रतिनिधिसभाको सभामुख बनाउनु नहुने भन्दै सर्वोच्चमा रिट परेको छ।
उनलाई सभामुख बनाउनु नहुने र सभामुख बनाउने प्रक्रिया रोक्न अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट दायर गरेका थिए। उनको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ।
सापकोटाविरुद्धको रिटक सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको इजलासमा परेको छ। न्यायाधीश फुयाँलको इजलासमा परेको मुद्दा पनि सुनुवाइको पहिलो नम्बरमा रहेको छ।
आज सर्वोच्चले अन्तिमरिम आदेश जारी गरे सापकोटा सभामुख हुन पाउनेछैनन्। यदि सर्वोच्च अन्तरिम आदेश दिन अस्वीकार गरेर उनी आजै सभामुख घोषणा हुनेछन्।
संसद सचिवालयले तय गरेको सभामुखको निर्वाचन कार्यक्रमअनुसार, आज निर्वाचन हुनेछ। तर, माघ ७ मा सापकोटाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ।











