काँग्रेस नेता गम्भीरजंग कार्कीको निधन
काठमाडौँ, माघ १२ : पाल्पाका पूर्व सांसद तथा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति गम्भीरजंग कार्कीको निधन भएको छ ।
मृगौला फेल भएकाले ला....

काठमाडौँ, माघ १२ : पाल्पाका पूर्व सांसद तथा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति गम्भीरजंग कार्कीको निधन भएको छ ।
मृगौला फेल भएकाले लामो समयदेखि डायलायसिस गर्दै आएका कार्कीको गएराती अचानक काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको हो । उनी २०४८ सालमा पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए भने २०५१ देखि २०५६ सालसम्म काँग्रेस पाल्पाको जिल्ला सभापति भएका थिए ।
त्यस अघि उनी राष्ट्रिय पंचायत सदस्यमा समेत निर्वाचित भएका थिए । सरल, सक्रिय र सवैसँग सहजै घुलमिल हुनसक्ने स्वभावका कार्की पाल्पामा सर्वप्रिय नेताका रुपमा चिनिन्थे ।
प्रकाशित मिति: ०९:१४ बजे, आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











