Kathmandu Press

आज शेयर बजारमा लगानीकर्ता अन्योलको अवस्थामा

काठमाडौं, माघ ७ : साताकोे तेश्रो कारोवार दिन मगंलबार नेप्से परिसूचक ३ दशमलव ३६ अंकले बढेर १३२० दशमलव ४७को विन्दुमा बन्द भएका छ। 

द....

आज शेयर बजारमा लगानीकर्ता अन्योलको अवस्थामा

काठमाडौं, माघ ७ : साताकोे तेश्रो कारोवार दिन मगंलबार नेप्से परिसूचक ३ दशमलव ३६ अंकले बढेर १३२० दशमलव ४७को विन्दुमा बन्द भएका छ। 

दोश्रो बजार ० दशमलव २६ प्रतिशतले बढेको छ । दोश्रो बजार १३१८ दशमलव ६६ को विन्दुमा खुलेको थियो भने १३३१ दशमलव ३३ को उच्च विन्दु सम्म पुगेको थियो। 
आज बजारको न्यून विन्दु १३०९ दशमलव १५ थियो। आज १ अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

आजको बजारको अवस्था  

Hardik ivf

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै हिमालयन बैङ्क लिमिटेडको सस्थापक शेयर किनबेच भएको छ। हिमालयन बैङ्क लिमिटेडको २४ करोड ४६ लाख बराबरको सस्थापक शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज गुराँस लाईफ इन्योरेन्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ८२ प्रतिशतले कमाए भने एनआईसी एसिया ग्रोथ फण्डका इकाइधनीले सर्वाधिक ६ दशमलव ४८ प्रतिशतले गुमाए। 

छोटो समयावधिको प्राविधिक बिश्लेषण 

अघिल्लो दिन गरिएको विश्लेषणको निश्कर्ष अनुसार यदि बजार १२०८ भन्दा तल स्थिर रहेमा बजार अझ केहि नकारात्मक क्षेत्रमा हुन सक्ने देखिन्छ र हालको तत्कालिन प्रतिरोध १३३५ को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजारले दुबै प्रतिरोध र टेवा क्षेत्रलाई सामना गरे पनि यी क्षेत्रहरुलाई निश्चित रुपमा तोढ्न असफल रह्यो। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती बिश्लेषण अनुसार हाल बजार बढ्दो प्रवृत्तिमा रहेको र मुख्य प्रतिरोध क्षेत्रलाई सामना गरि केहि सच्चिएको देखिन्छ। आज बजारले ‘डोजी’ मैनबत्तीको आकृति बनाएको छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल रहेको संकेत गर्दछ। आजको परिमाणले पनि आज क्रेता र विक्रेता दुबैको चाप बराबर रहेको संकेत गरेको छ।  

 चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो घट्दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहिन रहेको छ। 

आज बजार प्रवृत्तिहिन रहेकोले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिन्दैन। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ५० अंकमा रहेको छ। यसले दिएको संकेत हाल बजार सामान्य रहेको देखिन्छ। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा विक्रताको चाप  केहि कमजोर भएको संकेत गरेको छ।  

निश्कर्ष  

छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुलाई समग्र रुपमा हेर्दा यदि बजार १३३२ भन्दा स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने देखिन्छ र अर्को तत्कालिन प्रतिरोध १३४० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै यदि बजार १३०८ भन्दा तल स्थिर रहेमा बजार केहि नकारात्मक क्षेत्रमा हुन सक्ने देखिन्छ र अर्को तत्कालिन टेवा १३०० को क्षेत्रमा रहेको देखिन्छ। 

प्रकाशित मिति: १८:०९ बजे, मंगलबार, माघ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्