Kathmandu Press

आज शेयर बजारमा विक्रेताको चाप

काठमाडौं, माघ ६ : साताको दोश्रो कारोवार दिन सोमबार नेप्सेको सबै उपसूचकहरुमा १ प्रतिशतभन्दा बढीको गिरावट रहेको छ। 

सबैभन्दा बढी ट्र....

आज शेयर बजारमा विक्रेताको चाप

काठमाडौं, माघ ६ : साताको दोश्रो कारोवार दिन सोमबार नेप्सेको सबै उपसूचकहरुमा १ प्रतिशतभन्दा बढीको गिरावट रहेको छ। 

सबैभन्दा बढी ट्रेडिङ्ग उपसूचकमा ६ दशमलब ३४ प्रतिशतको गिरावट रहेको छ। बैंकिङ्ग समूहमा भने १ दशमलब ३४ प्रतिशतले घटेको छ। 

नेप्से परिसूचक २६ दशमलव ५४ले घटेर १३१७ दशमलव ११ को विन्दुमा बन्द भएको छ। दोश्रो बजार १ दशमलव ९८ प्रतिशतले घटेको छ । दोश्रो बजार १३४२  दशमलव ७० को विन्दुमा खुलेको थियो भने १३५९ दशमलव ३२ को उच्च विन्दु सम्म पुगेको थियो। 

Hardik ivf

आज बजारको न्यून विन्दु १३०८ दशमलव ६३ थियो। आज १ अर्ब ९७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोवार हुने कम्पनीहरु

आज सबै भन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर किनबेच भएको छ। हिमालयन डिष्टिलरीको २० करोड ९२ लाख बराबरको शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज मल्टिपर्पाेज फाइनान्सका शेयरधनीले सर्वाधिक ९दशमलव ७७ प्रतिशतले कमाए भने पाँचथर पावर कम्पनीका शेयरधनीले सर्वाधिक १० प्रतिशतले गुमाए। 

छोटो समयावधिको प्राविधिक बिश्लेषण 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती बिश्लेषण अनुसार हाल बजार बढ्दो प्रवृत्तिमा रहेको र मुख्य प्रतिरोध क्षेत्रलाई सामना गरि केहि सच्चिएको देखिन्छ। हिजो र आजको मैनबत्तीले ‘वियरिस हरामी’ को आकृति बनाएको छ। यसले बजारमा केहि  सच्चिन सक्ने संकेत गर्दछ। आजको परिमाणले बजारमा विक्रेता हावी रहेको संकेत गरेको छ।

  
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, तिन दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। दुई दिनदेखि बढ्दो प्रवृत्तिमा रहेको बजार आज घट्दो प्रवृत्तिमा रहेको छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले ‘डेड क्रस’ बनाए पछि बजारमा विक्रेताको चाप रहेको देखिन्छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ३८ दशमलब ७९ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजार केहि सकारात्मक हुन सक्ने संकेत गरेको छ।  

निश्कर्ष 

छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुले मिश्रित संकेत गरेको छ। समग्र रुपमा हेर्दा यदि बजार १३०८ भन्दा तल स्थिर रहेमा बजार अझ केहि नकारात्मक क्षेत्रमा हुन सक्ने देखिन्छ र अर्को तत्कालिन टेवा १३०० को क्षेत्रमा रहेको देखिन्छ। हालको तत्कालिन प्रतिरोध १३३५ को क्षेत्रमा रहेको देखिन्छ। 


 

प्रकाशित मिति: १८:३४ बजे, सोमबार, माघ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्