Kathmandu Press

नेपाली भाषा, व्याकरण र शब्दकोश विभाग हटाउन लागेकाे भन्ने सूचना भ्रामक : प्रज्ञा प्रतिष्ठान

प्रतिष्ठानले आज (शनिबार) एक विज्ञप्ति जारी गरेर आफ्नो वर्तमान नेतृत्वले प्रज्ञा प्रतिष्ठानबाट नेपाली भाषा, व्याकरण र शब्दकोश विभाग हटाउने काम गरेको लगायत गलत एवं भ्रामक प्रचारबाट सचेत रहन आम जनसमुदायमा अपिल गरेको छ।
नेपाली भाषा, व्याकरण र शब्दकोश विभाग हटाउन लागेकाे भन्ने सूचना भ्रामक : प्रज्ञा प्रतिष्ठान

काठमाडौं, चैत ३ : नेपाल प्रज्ञा प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपाली भाषालाई खस भाषाको संज्ञा दिँदै प्रज्ञा प्रतिष्ठानबाट नेपाली भाषा, व्याकरण र शब्दकोश विभाग हटाउने काम गरेको भनी गलत एवं भ्रामक सूचना सम्प्रेषण भइरहेको भन्दै आपत्ति जनाएको छ। 

प्रतिष्ठानले आज (शनिबार) एक विज्ञप्ति जारी गरेर आफ्नो वर्तमान नेतृत्वले प्रज्ञा प्रतिष्ठानबाट नेपाली भाषा, व्याकरण र शब्दकोश विभाग हटाउने काम गरेको लगायत गलत एवं भ्रामक प्रचारबाट सचेत रहन आम जनसमुदायमा अपिल गरेको छ।

Hardik ivf

नेपालका सबै भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, संवर्धन र विकास गर्नु नेपाल प्रज्ञा प्रतिष्ठानको काम, कर्तव्य र अधिकार भएको पनि प्रतिष्ठानले स्पष्ट पारेको छ।

‘नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ तथा त्यसअन्तर्गत बनेको नियमावलीमा व्यवस्था भएअनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा मूलतः भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शनशास्त्र गरी ५ ओटा विषय क्षेत्र तोकिएका छन् र यी विषय क्षेत्रका आधारमा आवश्यक विभागहरू गठन गर्ने प्रचलन रहेको पाइन्छ,’ प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रज्ञा प्रतिष्ठानको वर्तमान नेतृत्वले पनि त्यही आधारमा भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रअन्तर्गत रहेर विभिन्न ११ ओटा विभागको गठन गरेको छ । तीमध्ये भाषाअन्तर्गत दुईओटा विभागहरू रहेका छन् । नेपालमा बोलिने विभिन्न मातृभाषाहरूको कोश, व्याकरणको विषयको संयोजन गर्नेगरी प्राज्ञ परिषद् सदस्य त्रैलोक्यमान बनेपाली (अगिव) प्रमुख रहेको एउटा विभाग र नेपाली भाषा, कोश, व्याकरण (द्विभाषी तथा बहुभाषी कोशसमेत) को संयोजन गर्नेगरी प्राज्ञ परिषद्का सचिव डा। धनप्रसाद सुवेदी प्रमुख रहेको अर्को विभाग बनेको छ।’

नेपाली भाषालाई ‘खस भाषा’ भन्ने कुनै निर्णय नभएको पनि प्रतिष्ठानले स्पष्ट पारेको छ। ‘नेपाल प्रज्ञा–प्रतिष्ठानको वर्तमान नेतृत्व नेपाली भाषालगायत नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, दर्शनको संरक्षण, संवर्धन र विकासमा सदैव सचेत र प्रतिबद्ध रहेको छ र रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु,’ विज्ञप्तिमा उल्लेख छ।

336706969_604370374528836_3744809267233941625_n1679054035.jpg

प्रकाशित मिति: १७:३८ बजे, शुक्रबार, चैत ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्