Kathmandu Press

शेयर बजारमा सुधार, नेप्से २० अंकले बढ्यो

काठमाडौं, माघ १ : बुधबार शेयर बजारमा क्रेताको चाप रहेको छ। सर्वाधिक बृद्धि हुने उपसूचकहरुमा ट्रेडिङ्ग, फाइनान्स, बैंकिङ्ग र विकास बैङ्क समूह रहेका छन।....

शेयर बजारमा सुधार, नेप्से २० अंकले बढ्यो

काठमाडौं, माघ १ : बुधबार शेयर बजारमा क्रेताको चाप रहेको छ। सर्वाधिक बृद्धि हुने उपसूचकहरुमा ट्रेडिङ्ग, फाइनान्स, बैंकिङ्ग र विकास बैङ्क समूह रहेका छन। 
यी उपसूचकहरुमा क्रमशः ८ दशमलब १८, ३ दशमलब २५, २ दशमलब ४३ र २ दशमलब ०८ प्रतिशतले बृद्धि भएको छ।  

आज नेप्से परिसूचक २० दशमलव ८५ अंकले बढेर १२८४ दशमलव २३ को विन्दुमा बन्द भएको छ। दोश्रो बजार १ दशमलव ६५ प्रतिशतले बढेको छ। दोश्रो बजार १२६३ दशमलव ३३ को विन्दुमा खुलेको थियो भने १२८७ दशमलव २० को उच्च विन्दु सम्म पुगेको थियो। 

कारोबार खुलेको विन्दु नै न्यून बिन्दु थियो भने बजार बन्द भएको विन्दु लगभग उच्च बिन्दु नजिक रहेको छ। यसलाई प्राय जसो सकारात्मक रुपमा हेरिन्छ । आज ९० करोड ४८ लाख बराबरको शेयर किनबेच भएको छ।  

Hardik ivf

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै एन.आई.सि. एशिया बैङ्क लिमिटेडको शेयर किनबेच भएको छ। एन.आई.सि. एशिया बैङ्क लिमिटेडको ७ करोड ४० लाख बराबरको शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज बिशाल बजार कम्पनीका शेयरधनीले सर्वाधिक ९ दशमलब ९८ प्रतिशतले कमाए भने रैराङ्ग  हाईड्रोपावरका शेयरधनीले सर्वाधिक ७ दशमलव २७ प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक बिश्लेषण 

अघिल्लो दिनको बिश्लेषण अनुसार यदि बजार १२७० भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालिन मुख्य प्रतिरोध १२८० देखि १२८५ को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज कारोबारको पहिलो समयमा बजार प्रवृत्तिहिन रहे पनि अन्तिम एक घण्टामा बजार बढ्दो प्रवृत्तिमा रहेको थियो। आज नेप्से परिसूचक १२८४ दशमलब २३ बिन्दुमा बन्द भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती बिश्लेषण अनुसार हाल बजार बढ्दो प्रवृत्तिमा रहेको र मुख्य प्रतिरोध क्षेत्रलाई सामना गरि रहेको देखिन्छ। आजको मैनबत्तीले ‘बुलिस मारुबोजु’ आकृति बनाएको छ। यसले बजारमा क्रेताको चाप रहेको संकेत गर्दछ र अर्को कारोबार दिनको पहिलो समयमा बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ।

 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन प्रवत्तिहिन रहेको बजार आज बढ्दो प्रवृत्तिमा रहेको छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ७० दशमलब ६६ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरेको छ।  

निश्कर्ष 

छोटो समयावधिको बजारको प्रवृत्तिलाई हेर्दा बजारले १२८५ को प्रतिरोध क्षेत्रलाई पुन सामना गरि रहेको देखिन्छ। समग्रमा हेर्दा यदि बजार १२८८ भन्दा माथि स्थिर रहेमा बजार सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालिन मुख्य प्रतिरोध १३०० देखि १३२५को क्षेत्रमा रहेको देखिन्छ। यदि बजार १२६० भन्दा तल स्थिर रहेमा बजार अझ केहि सच्चिन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालिन टेवा १२५० देखि १२५५ को क्षेत्रमा रहेको देखिन्छ। 

प्रकाशित मिति: १७:२८ बजे, बुधबार, माघ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्