सुनसरीमा सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु
सुनसरी, फागुन २३ : सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट गए राति एकजनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ३८७७ नम्बरको सिटी सफारीले पैदलयात्री कार्कीलाई ठक्कर दिएको थियो।
उपचारका क्रममा कार्कीको मृत्यु भएको र सफारी चालक टहरी–५ का ३५ वर्षीय सुरेश चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:०२ बजे, मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पर्थमा अस्ट्रेलियामाथि भारतको सानदार जितसोमबार, मंसिर १०, २०८१
पाइलटको हड्तालले अन्तर्राष्ट्रिय उडान प्रभावितसोमबार, मंसिर १०, २०८१
चीन भ्रमणमा कुनै ऋण सम्झौता हुँदैन : प्रधानमन्त्री ओलीसोमबार, मंसिर १०, २०८१
बालेनले हुलाक र इमेलबाट पठाए एमालेलाई जरिबानाको पत्र सोमबार, मंसिर १०, २०८१