Kathmandu Press

काकाको हत्या गर्ने पक्राउ

पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरा छन्। 
काकाको हत्या गर्ने पक्राउ

जलेश्वर, फागुन १४ : आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरा छन्। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार गत आइतबार राति विजेन्द्रले ७० वर्षीय शिव महराको हत्या गरेका थिए।

वृद्धभत्ता माग्दा नदिएपछि उनको चक्कु प्रहार गरेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ। 

घटनालगत्तै विजेन्द्र फरार भएका थिए। लुकिछिपी बस्दै आएका उनलाई आइतबार राति पक्राउ गरिएको हो।

प्रकाशित मिति: १६:२६ बजे, आइतबार, फागुन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्