मगर संघको स्थापना दिवसका अवसरमा चन्द्रपुरमा सार्वजनिक बिदा
नगरपालिकाले आज (आइतबार) एक सूचना जारी गरेर मगर संघको स्थापना दिवसका अवसरमा आफ्नो मातहतका सबै कार्यालय सोमबार बन्द हुने जानकारी गराएको हो।काठमाडौं, फागुन १४ : रौतहटको चन्द्रपुर नगरपालिकाले नेपाल मगर संघको ४१औं स्थापना दिवसकाे अवसर पारेर भाेलि (फागुन १५ गते) का लागि सार्वजनिक बिदा दिएको छ।
नगरपालिकाले आज (आइतबार) एक सूचना जारी गरेर मगर संघको स्थापना दिवसका अवसरमा आफ्नो मातहतका सबै कार्यालय सोमबार बन्द हुने जानकारी गराएको हो।
उपमेयर जयमालाकुमारी चौधरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ, ‘मगर संघको ४१औं स्थापना दिवसको अवसरमा सोमबार नगरपालिकाका कार्यालय, वडा कार्यालय तथा मातहतका सबै कार्यालयहरुमा बिदा रहने सबैमा जानकारी गराइन्छ।’
उपमेयर चौधरीले संघको स्थापना दिवसका अवसरमा व्यक्तिगत र नगरपालिकका तर्फबाट शुभकामना पनि दिएकी छन्।
प्रकाशित मिति: १५:३८ बजे, आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘मायावी’ शिवरात्रीमा आउनेसोमबार, मंसिर १०, २०८१
कर्जन्हा नगरपालिका पूर्वमेयर र प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारी ठहरसोमबार, मंसिर १०, २०८१
पर्थमा अस्ट्रेलियामाथि भारतको सानदार जितसोमबार, मंसिर १०, २०८१
पाइलटको हड्तालले अन्तर्राष्ट्रिय उडान प्रभावितसोमबार, मंसिर १०, २०८१