Kathmandu Press

भारत तस्कर गर्न लागिएको गाईगोरुसहित एक पक्राउ

भारत तस्कर गर्न लागिएको गाईगोरुसहित एक पक्राउ

बर्दिवास, फागुन १ : महोत्तरीको पश्चिमी भारतीय सीमानाकाबाट प्रहरीले ४८ वटा गाईगोरुसहित आज बिहान एक किशोरलाई पक्राउ गरेको छ ।

नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका ४८ वटा गाईगोरुसहित सम्सी गाउँपालिका–७ का १८ वर्षीय गुफरान शेषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए। 

बिहानै नेपाल–भारत तस्करी गर्न लागिएको ४७ गाई र एक गोरुसहित किशोरलाई सीमा गस्तीमा खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।
    
नियन्त्रणमा लिएका किशोरलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए। 

प्रकाशित मिति: १५:३९ बजे, सोमबार, फागुन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्