Kathmandu Press

शेयर बजारमा आज पनि अन्योल, के होला अब?

काठमाडौं, पुस २४ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३ दशमलव ५१ ले बढेर १२१३ दशमलव ११ को विन्दुमा बन्द भएको छ। 

दोस....

शेयर बजारमा आज पनि अन्योल, के होला अब?

काठमाडौं, पुस २४ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३ दशमलव ५१ ले बढेर १२१३ दशमलव ११ को विन्दुमा बन्द भएको छ। 

दोस्रो बजार ० दशमलव २९ प्रतिशतले बढेको छ। आज लघुवित्त र निर्जीवन बीमा उपसूचकहरुमा सबैभन्दा धेरै ३ दशमलव ४९ र २ दशमलव ०७ प्रतिशतको वृद्धि रहेको थियो। बैंकिङ्ग समूहमा भने ० दशमलव १३ प्रतिशतको गिरावट रहेको छ। 

१२०९ दशमलव ८७ को विन्दुमा खुलेको दोस्रो बजार १२१६ दशमलव २३ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु १२०६ दशमलव ५० रहँदा ८३ करोड ७० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

Hardik ivf

आजको बजार अवस्था  


आज सर्वाधिक कमाउने र गुमाउने 
आज स्वाभिमान लघुवित्तका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने रिलायन्स फाइनान्सका शेयरधनीले सर्वाधिक ५ दशमलव ७३ प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार यदि बजार ११०७ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजारले ११०६ दशमलव ५० को न्यून विन्दु बनाए पनि यो क्षेत्रमा स्थिर रहन सकेन र नेप्से परिसूचक १२१३ दशमलव ११ को विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति


 

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार हाल बजार बढ्दो प्रवृत्तिमा रहेको र प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ। आज नेप्सेले सानो हरियो मैनबत्ती  आकृति बनाए पनि बजारमा लगानीकर्ताहरु अन्योल रहेको संकेत गरेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। आज बजारमा उतारचढाव कम र प्रवृत्तिहीन रहेको देखिन्छ। बजार प्रवृत्तिहीन रहेकाले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन।

रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५८ दशमलव १० अंकमा रहेको छ। आज आरएसआईको प्रवृत्ति सामान्य रहेको छ। स्टोकास्टिक अक्सिलेटरले अन्तिम समयमा बजार केही समय सकारात्मक हुन सक्ने संकेत गरेको छ। 

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुलाई समग्रमा हेर्दा चित्र नं. १ मा देखिए बमोजिम बजारको प्रतिरोध क्षेत्र नजिक देखिन्छ। माथिल्लो प्रवृत्ति रेखा प्रतिरोधको रुपमा रहे पनि यदि बजार १२२५ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने देखिन्छ। अर्को तत्कालीन प्रतिरोध १२४० को क्षेत्रमा रहेको देखिन्छ। हाल बजारको टेवा १२०६ देखि १२०० को क्षेत्रमा रहेको देखिन्छ।
 

प्रकाशित मिति: १८:२६ बजे, बिहीबार, पुस २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्