Kathmandu Press

सर्लाहीको हरिवनमा विद्युतीय चार्जिङ स्टेसन

नेपाल सरकारले सन् २०५० सम्ममा इन्धनलाई ५० प्रतिशतमा सीमित गर्ने प्रतिबद्धता जनाएपछि विद्युतीय सवारी साधन चार्जीङ स्टेसन स्थापना गर्न थालिएकाे हाे।
सर्लाहीको हरिवनमा विद्युतीय चार्जिङ स्टेसन

सर्लाही, माघ २८ : सर्लाहीको हरिवन नगरपालिका–११ मा विद्युतीय सवारी साधन चार्जिङ स्टेसन स्थापना गरिएको छ।

नेपाल सरकारले सन् २०५० सम्ममा इन्धनलाई ५० प्रतिशतमा सीमित गर्ने प्रतिबद्धता जनाएपछि विद्युतीय सवारी साधन चार्जीङ स्टेसन स्थापना गर्न थालिएकाे हाे।

एक पटकमा चार सवारी साधन चार्ज गर्न सकिने गरी  दुई विद्युतीय चार्जीङ स्टेसन स्थापना गरिएका नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालवन्दीका प्रमुख सन्जीवकुमार साहले जानकारी दिए।

चार्जीङ स्टेसन स्थापना गर्न रू एक करोड ५० लाख खर्च भएको छ। एउटा सवारी साधन चार्ज हुन करिब तीन घन्टा लाग्छ।

'चार्जीङ स्टेसन स्थापनापछि विद्युतीय सवारी साधन पूर्णरुपमा सञ्चालन भएमा कार्बन उत्सर्जन तथा जलवायु परिवर्तनबाट जोगाउन सहज हुन्छ',  उनले भने।

प्रकाशित मिति: १२:५६ बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्