Kathmandu Press

एफए कपको चौथो चरणमा लिभरपुल र चेल्सी 

काठमाडौं, पुस २१ : चेल्सी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । आइतबार राती भएको तेस्रो चरणको खेलमा नोटिङघम फोरेस्टलाई २-० गोल अन्तरले पराजित गर....

एफए कपको चौथो चरणमा लिभरपुल र चेल्सी 

काठमाडौं, पुस २१ : चेल्सी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । आइतबार राती भएको तेस्रो चरणको खेलमा नोटिङघम फोरेस्टलाई २-० गोल अन्तरले पराजित गर्दै चेल्सी चौंथो चरणमा प्रवेश गरेको हो । 

चेल्सीको जितमा कलुम हड्सन र रोस बार्क्लीले एक एक गोल गरेका थिए । स्टामफोर्ड ब्रिजमा भएको खेलमा सातौं मिनेटमा हड्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३३ औं मिनेटमा बार्क्लीले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।

यस्तै, अर्को खेलमा एभर्टनलाई एक–शून्य गोलले हराउँदै लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति घरेलु मैदानमा भएको तेस्रो चरणको खेलमा लिभरपुललाई जिताउन १८ वर्षे युवा खेलाडी कुर्टिस जोन्सले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ७१ औँ मिनेटमा जोन्सले निर्णायक गोल गरे ।

टोटेनहम मिडल्सबर्गसँग एकएक गोलको बराबरीमा रोकिएपछि उसले मिडल्सबर्गसँग फेरि खेल्नु पर्ने भएको छ । यता शेफिल्ड युनाइटेड चौथौ चरणमा प्रवेश गर्दा क्रिस्टल प्यालेस भने डर्बी काउन्टीसँग पराजित भएको छ ।

प्रकाशित मिति: ०७:३६ बजे, सोमबार, पुस २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्