वर्षाले एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
भारी वर्षाका कारण त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदान जलमग्न भएपछि टस नै हुन नपाएर खेल रद्द भएको हो ।
काठमाडौं, कात्तिक १४ : राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ ।
भारी वर्षाका कारण त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदान जलमग्न भएपछि टस नै हुन नपाएर खेल रद्द भएको हो ।
खेल रद्द भएसँगै दुबै टोलीले १÷१ अंक बाँडेका छन् । अंक बाँडेसँगै लुम्बिनी ३ अंकसहित दोस्रो र समान ३ अंकसहित चितवन तेस्रोमा उक्लिएको छ ।
आजै साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्सबीच दोस्रो खेल हुने तालिका छ । वर्षा रोकिएमा ५÷५ ओभरको भएपनि खेल गराउने क्यानले जनाएको छ ।
एकमा हार र एकमा जित निकालेको सुदूरपश्चिम तेस्रो खेल खेल्दैछ । तेस्रो खेल नै खेल्न लागेको विराटनगर यसअघिकै दुबै खेलमा पराजित भएको थियो ।
हालसम्म प्रतियोगितामा लगातार दुई खेल जितेर ४ अंकसहित कर्णाली याक्स शिर्ष स्थानमा छ । एक खेल खेलेको पोखरा एभेन्जर्स पुछारमा छ ।




