गोरखाका समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता
सहभागीहरूका गुनासा तथा सुझाव सुनेपछि गृहमन्त्री गुरुङले आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाको विकास र नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।
काठमाडौं, कात्तिक १५ : गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
सहभागीहरूका गुनासा तथा सुझाव सुनेपछि गृहमन्त्री गुरुङले आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाको विकास र नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।
गोरखाले नै आफूलाई गृहमन्त्री बनाएको स्मरण गराउँदै उनले जिल्लाका नागरिकका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक लिने बताए।
प्रकाशित मिति: १२:४४ बजे, आइतबार, कात्तिक १५, २०८३
थप समाचार






