Kathmandu Press

अम्बे स्टिलको कम्पनीमा आगलागी

आइतबार बिहान कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट भई आगलागी हुँदा आठजना घाइतेको प्रहरीले जनाएको छ।
अम्बे स्टिलको कम्पनीमा आगलागी

काठमाडौं, कात्तिक १५ : बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी भएको छ। 

आइतबार बिहान कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट भई आगलागी हुँदा आठजना घाइतेको प्रहरीले जनाएको छ। 

घाइते हुनेमा बाँकेका पाँच र भारतको बहराइच जिल्लाका तीनजना रहेको बताइएको छ। घाइतेहरुमा जानकी–५ का शिवप्रसाद चमार र रामदिन हरिजन, सोही ठाउँका २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव, ३५ वर्षीय लक्ष्मीराम यादव, भारतका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिवकुमार निषाद र २५ वर्षीय विनोदकुमार निषाद छन्।

उनीहरुको भेरी अस्पताल नेपालगन्ज उपचार भइरहेको छ। प्रहरीका अनुसार शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि लखनऊ पठाइए छ। 

प्रकाशित मिति: ११:०९ बजे, आइतबार, कात्तिक १५, २०८३