Kathmandu Press

‘पहिले उखु बेच्न भारत जानुपर्थ्याे, गाउँमै चिनी मिल खुलेपछि उत्साहित छौं’ 

महाकाली र भागेश्वरी चिनी मिल खुलेपछि कञ्चनपुरको बेलौरी र पुनर्वासका किसान उखु बेच्न भारत जानुपर्ने बाध्यता टरेको छ ।
‘पहिले उखु बेच्न भारत जानुपर्थ्याे, गाउँमै चिनी मिल खुलेपछि उत्साहित छौं’ 

काठमाडौं, माघ १५ : यतिबेला कञ्चनपुरका किसान उखु काटेर चिनी मिलसम्म पु¥याउने चटारोमा छन्। खासगरी कञ्चनपुरका दुई नगरपालिका बेलौरी र पुनर्वासका किसानहरूलाई उखु काट्न भ्याइनभ्याइ छ। पछिल्लो समय यी दुई पालिकामा उखु खेतीको व्यापक विस्तार भइरहेको छ। नजिकै चिनी मिल खुल्दा किसानहरू उखु खेतीतिर उत्साहित भएका हुन्।

आठ वर्षदेखि व्यावसायिक उखु खेतीमा जोडिएका कञ्चनपुरको पुनर्वास नगरपालिकाका विनोद उपाध्यायले तिन बिघा आफ्नै र १३ बिघा भाडाको जमिनमा उखु खेती गरेका छन्। उखु खेतीबाट वार्षिक लाखौं आम्दानी गर्ने किसानका रूपमा उनी परिचित छन्।

उखु खेती विनोदको परम्परागत पेसा पनि हो। उनका बुवाले २० वर्षदेखि नै उखु खेती गर्दै आएका थिए। उखु उत्पादन निकै राम्रो हुने भए पनि गाउँ नजिक चिनी मिल नहुँदा किसानलाई निकै मर्का पर्ने गथ्र्याे। त्यतिबेला भारतको पलियामा रहेको बजाज उखु मिलमा लगेर उखु बिक्री गर्नुपर्ने स्थिति थियो।

Hardik ivf

नेपाली किसानले भारतमा उखु बिक्री गर्दा निकै समस्याको सामना गर्नुपर्ने विनोद बताउँछन्। उखु भारतमा लाँदा बाटामै झर्ने, चोरी हुने, उचित मूल्य नपाइने, समयमै रकम भुक्तानी नहुनेजस्ता समस्या बुवाले भोगेको उनी बताउँछन्।

तर विनोदले उखु खेती विस्तार गर्ने बेलामा अवस्था बदलिइसकेको थियो। पालिकाभित्रै भागेश्वर चिनी मिल र सीमा जोडिएको बेलौरी नरपालिकामा महाकाली चिनी मिल स्थापना भइसकेकाले उनका बुवाले जस्तो समस्या उनले भोग्नुपरेन।

‘आफ्नै नगरपालिकाभित्र उखुमिल खुलेपछि उचित मूल्यका साथै समयमै उखुको मूल्य पाइने गरेकाले पनि मैले थप जमिन भाडामा लिएर उखु खेतीलाई निरन्तरता दिँदै आएको हुँ,’ उनले भने, ‘भागेश्वर चिनी मिलले भारतबाट महँगोमा उखुको बिउ खरिद गरी किसानलाई सस्तोमा बिक्री गर्ने गरेकाले पनि उखु खेती गर्न निकै सहज भएको छ।’ अहिले उखु खेतीबाटै सबै खर्च कटौती गर्दा एक बिघामा वार्षिक डेढ लाखसम्म नाफा आएको उनी बताउँछन्। 

त्यस्तै बेलौरी नगरपालिका–७ का गणेश राना पनि उखु काटरे बिक्री गर्ने समय भएकाले निकै व्यस्त छन्। ६ वर्षदेखि उखु खेती गर्दै आएका रानाले नौ बिघा जमिन भाडामा लिएर उखु खेती गर्दै आएका छन्।

ukhu1674990188.jpg

गणेश राना र उनकाे उखु खेती 

व्यावसायिक रूपमा उखु खेती गर्नुअघि रानाले स्नातकको पढाइ सकाएर डेढ बिघा जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएका थिए। आम्दानी पनि राम्रै भइरहेको थियो। गाउँमै चिनी मिल स्थापना भएपछि बजारीकरणका लागि भौतारिनुनपर्ने र तरकारी खेतीको तुलनामा मेहनत पनि कम लाग्ने भएकाले उनको ध्यान उखुतिर केन्द्रित भएको हो। 

२०६६ सालअघि पालिका आसपासमा चिनी मिल स्थापना नहुँदा किसानले भारतमा उखु बेच्दा निकै समस्या हुने गर्थ्याे। रकम भुक्तानी गर्ने बेला भारतीय व्यापारी गायब हुन्थे। तर किसान गणेश रानाले उखु खेती थाल्दा भने पालिकाभित्र महाकाली चिनी मिल स्थापना भइसकेकाले उनले सो समस्या भोग्नुपरेन।

गाउँमै चिनी मिल स्थापना हुँदा उखु किसानका लागि राहतको काम ग¥यो। जसले भारतको मुख ताक्नुपर्ने समस्या मात्र हटेन, किसानले उखु समयमै बिक्री गरेर मुसुरो र गहुँ लगाउन पनि सहज भएको राना बताउँछन्। ‘चिनी मिलको साटो पालिकाभित्र परम्परागत कोल्हु मात्रै भएको भए समयमै उखु खपत गरी गहुँ र मुसुरो छर्न सम्भव हुने थिएन,’ उनले भने। 

अहिले गाउँमै उखु क्विन्टलमा रु. ५ सय ९० रुपैयाँमा बिक्री हुँदै आएको छ। यस हिसाबले नौ बिघाको उखु खेतीबाट वार्षिक २५ लाखसम्मको कारोबार गर्ने गरेको उनको भनाइ छ। उनी भन्छन्, ‘गत वर्ष खर्च छुट्याउँदा करिब १० लाखसम्म नाफा भएको थियो। यो वर्ष पनि त्यतिकै आम्दानी गर्न सकिन्छ भन्ने अपेक्षा गरेको छु।’ 

उखु खेती गर्ने किसानको संख्या बढ्दै 

२०६६ सालमा बेलौरी नगरपालिकामा महाकाली चिनी मिल र २०६९ सालमा पुनर्वास नगरपालिका भित्र भागेश्वर चिनी मिल स्थापनापछि धेरै किसानको रोजाइमा उखु खेती परेको हो।

गत वर्षसम्मको तथ्यांकअनुसार बेलौरी नगरपालिकाभित्र ४२ सय ३० हेक्टर क्षेत्रफल र पुनर्वास नगरपालिकामा ६८ सय बिघामा उखु खेती विस्तार भएको त्यहाँका कृषि शाखा प्रमुख सुमनराज जोशी र पुनर्वास नगरपालिकाका कृषि शाखा प्रमुख कर्णबहादुर शाहीले काठमाडांै पे्रसलाई बताए।

त्यस्तै बेलौरी नगरापलिका ३ हजार ३०८ किसान र पुर्नवास नगरपालिकामा २ हजार ४७५ गरी ५ हजार ७८३ किसान उखु खेतीमा संलग्न रहेको उनको भनाइ छ। 

पुनर्वास र बेलौरीमा उखु खेतीका लागि सुहाउँदो हावापानी भएकाले विगत २०–२५ वर्षदेखि नै केही किसानले उखु खेती गर्दै आएको बेलौरी नगरपालिका कृषि शाखा प्रमुख सुमनराज जोशी बताउँछन्।

‘विगतमा पालिकाभित्र उखु उत्पादन हुने गरे पनि बिक्री गर्न भारतमा जानुपर्दा किसानलाई निकै समस्या थियो,’ उनी भन्छन्, ‘भारतको पलियामा उखु बिक्री गर्दा किसानले समयमै उखुको उचित मूल्य नपाउने, उखु खरिद गरिसकेपछि पैसा तिर्नुको साटो व्यापारी भाग्नेजस्ता समस्या पनि किसानले भोग्नुप¥यो।’ 

 

उनका अनुसार पालिकाभित्र नै चिनी मिल स्थापनापछि भने किसान ऊर्जाका साथ काम गर्दै आएका मात्र छैनन्, उखु खेतीबाटै विदेशमा भन्दा राम्रो आम्दानी पनि गर्दै आइरहेका छन्। 

त्यस्तै पुनर्वास नगरपालिका कृषि शाखा प्रमुख कर्णबहादुर शाहीका अनुसार सीमा जोडिएका बेलौरी र पुुनर्वास नगरपालिकामा महाकाली र भागेश्वर दुईओटा चिनी मिल स्थापनापछि किसानलाई बजारीकरणमा सहज हुनुका साथै भारतको तुलनामा गाउँमै राम्रो मूल्य मिल्न थालेको छ।

उनी भन्छन्, ‘म स्वयं पुनर्वासको स्थायी बासिन्दा हुँ। गाउँमा चिनी मिल स्थापना हुनुभन्दा पहिले उखु उत्पादन गरेर भारतमा बिक्री गर्नुपरेको मेरो पनि अनुभव छ।’ भारतमा उखु बिक्री गर्दा भारतीय व्यापारीकै गाडीमा ढुवानी गर्नुपर्ने, थोरै मूल्यमा बिक्री गर्नुपर्दा लागत उठाउनै मुस्किल पर्नेजस्तो समस्या भोग्नुपरेको तितो यथार्थ उनले सुनाए। 

अहिले पालिकाभित्र धेरै क्षेत्रफलमा उखु खेती विस्तार भएका कारण किसानलाई आर्थिक रूपमा सहयोग गर्न नसके पनि आवश्यक परामर्श भने दिँदै आएको शाहीले बताए। ‘थोरै क्षेत्रफलमा उखु खेती गर्दा प्रदेश सरकारबाट नै उखुको बिउमा ५० प्रतिशत अनुदान दिने गरिएको थियो तर अहिले उखुको क्षेत्रफल निकै विस्तार भइसकेकाले अनुदान दिन बन्द भएको छ,’ उनले भने। 

एउटै मिलमा डेढदेखि दुई लाख क्विन्टल चिनी उत्पादन 

भागेश्वर र महाकाली चिनी मिलले वर्षमा डेढदेखि दुई लाख क्विन्टलसम्म चिनी उत्पादन गर्ने गरेका छन्। 

मिलले क्विन्टलको ५२० रुपैयाँका दरले उखु खरिद गरेर चिनी उत्पादन गर्दै आएको भागेश्वर चिनी उद्योग प्रशासनका कर्मचारी डम्बर खड्काले बताए।

अहिले भागेश्वर चिनी मिलमा पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका, शुक्लाफाँटा नगरपालिकादेखि उखु आउने गरेको उनको भनाइ छ। ‘गत वर्ष १६ लाख क्विन्टल उखु खरिद भएको थियो भने १ लाख ६० हजार क्विन्टल चिनी उत्पादन भएको थियो,’ उनले भने।

त्यस्तै महाकाली चिनी मिलमा पनि कञ्चनपुरको दोधाराचाँदनी, झलारी, बेलौरी नगरपालिका, बेलडाडी र पुनर्वास नगरपालिकाबाट उखु आउने गरेको महाकाली चिनी मिलका प्रसाशकीय अधिकृत कालुसिङ ठगुन्नाको भनाइ छ। ‘गत वर्ष साढे २० लाख क्विन्टल उखु खरिद गरिएको थियो भने २ लाख क्विन्टल चिनी उत्पादन भएको थियो,’ उनले भने।
 

प्रकाशित मिति: १२:३१ बजे, आइतबार, माघ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्