Kathmandu Press

स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित दुईजना पक्राउ

वीरगन्जको घन्टाघरनजिकै भारतीय नम्बर बीआर ०५ एई ९३४३ को स्कुटरमा शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई रोकेर सोधपुछ गर्दा सो परिमाणको रकम अस्थायी प्रहरी पोस्ट घण्टाघरबाट खटिएको टोलीले फेला पारेको जनाइएको छ।
स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित दुईजना पक्राउ

काठमाडौं, माघ ४ : स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित वीरगन्जमा दुईजना पक्राउ परेका छन्।

वीरगन्जको घन्टाघरनजिकै भारतीय नम्बर बीआर ०५ एई ९३४३ को स्कुटरमा शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई रोकेर सोधपुछ गर्दा सो परिमाणको रकम अस्थायी प्रहरी पोस्ट घण्टाघरबाट खटिएको टोलीले फेला पारेको जनाइएको छ।

पक्राउ पर्नेमा वीरगन्जको नगवाका ३४ वर्षीय विकास साह र वीरगन्जकै मनियारी बस्ने सुवासकुमार साह रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनीहरुका साथबाट ५ सय र १ हजार दरका साढे २२ लाख रुपैयाँ नगदका साथै मोबाइल र भारतीय नम्बरको स्कुटरसमेत बरामद गरएिको छ।

उनीहरूबाट प्राप्त रकम हुन्डीको भएको आशंकामा उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:५६ बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्