Kathmandu Press

लिभरपुलले शेफिल्डलाई २–० ले हरायो 

काठमाडौं, पुस १८ : इंग्लिस प्रिमियर लिग (ईपीएल) मा लिभरपुलले शेफिल्ड युनाइटेडलाई दुई–शून्य गोल अन्तरले पराजित गरेको  छ । बिहीबार राति घरेलु....

लिभरपुलले शेफिल्डलाई २–० ले हरायो 

काठमाडौं, पुस १८ : इंग्लिस प्रिमियर लिग (ईपीएल) मा लिभरपुलले शेफिल्ड युनाइटेडलाई दुई–शून्य गोल अन्तरले पराजित गरेको  छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाह र सादियो मानेले एक–एक गोल गरे ।

खेलको चौथौ मिनेटमा गोल गर्दै सलाहले लिभरपुललाई अग्रता दिलाए । खेलको ६४औँ मिनेटमा मानेले एक गोल थप्दा लिभरपुलले अग्रता दोब्बर बनायो । अन्त्यमा अरु गोल नथपिँदा लिभरपुल शेफिल्डविरुद्ध दुई–शून्य गोल अन्तरले विजयी भयो ।  

जितसँगे लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा रहँदा २० खेलबाट ५८ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटी लिभरपुलभन्दा १३ अङ्कले पछि छ । आठौँ स्थानमा रहेको शेफिल्डको भने २१ खेलमा २९ अङ्क छ । 

प्रकाशित मिति: ०७:२५ बजे, शुक्रबार, पुस १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्