Kathmandu Press

पृथ्वी राजमार्ग भोलि ३ घण्टा बन्द हुने

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर कात्तिक १६ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार खण्ड बन्द हुने र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
पृथ्वी राजमार्ग भोलि ३ घण्टा बन्द हुने

काठमाडौं, कात्तिक १५ : पृथ्वी राजमार्गको धादिङस्थित मझिमटार खण्ड सोमबार ३ घन्टा बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर कात्तिक १६ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार खण्ड बन्द हुने र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

सडक बन्द गरी मझिमटारमा पुल र सडक स्तरउन्नति गर्न लागिएको हो।

प्रकाशित मिति: १४:२२ बजे, आइतबार, कात्तिक १५, २०८३