Kathmandu Press

इपिएल : आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हरायो

काठमाडौं, पुस १७ : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेड पराजित भएको छ । बिहीबार बिहान सकिएको खेलमा आर्सनलले २–० गोल अन्तरले ....

इपिएल : आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हरायो

काठमाडौं, पुस १७ : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेड पराजित भएको छ । बिहीबार बिहान सकिएको खेलमा आर्सनलले २–० गोल अन्तरले म्यानचेस्टर युनाइटेड हराएको हो।

आर्सनलको जितमा निकोलास पेपे र सोक्राती पापस्तथोपोलोसले एक–एक गोल गरे । घरेलु मैदानमा इमिरेट्समा आर्सनले सुरुमै युनाइटेडविरुद्ध अग्रता लिन सफल भयो । आठौं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

४२ औं मिनेटमा सोक्रातीले गोल गर्दै पहिलो हाफमै अग्रता दोब्बर बनाए । दोस्रो हाफमा थप गोल नभएपछि आर्सनलले जित निकाल्न सफल भयो। जितसँगै आर्सनल प्रिमियर लिगको दशौं स्थानमा छ भने पराजित भएको म्यानचेस्टर युनाइटेड पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति: ०८:०६ बजे, बिहीबार, पुस १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्