इपिएल : लिभरपुलको अपराजित यात्रा कायमै, चेल्सीले आर्सनलाई हरायाे
एजेन्सी, पुस १४ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले अपराजित यात्रालाई जारी राख्दै १३ अंकको अग्रता बनाएको छ ।
आइतबार राति भएको ....

एजेन्सी, पुस १४ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले अपराजित यात्रालाई जारी राख्दै १३ अंकको अग्रता बनाएको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १-० गोल अन्तरले पराजित गर्दै अपराजित यात्रालाई कायमै राखेको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो मानेले खेलको ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो ।
लिभरपुलले लिगमा शीर्ष स्थानको अग्रता १३ अंकको बनाएको छ । लिभरपुलले १९ खेलमा ५५ अंक जोडेको छ । लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दा अन्य सबै खेल जितेको छ । दोस्रो स्थानको लेष्टर सिटीको ४२ अंक रहेको छ । पराजित वुल्भ्स ३० अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ ।
यस्तै इपिएल अन्तर्गत नै अर्को खेलमा चेल्सीले आर्सनललाई २ १ गोल अन्तरले हरायो । आर्सनलको घरेलु मैदानमा भएको खेलमा चेल्सीले आर्सनलको सुरुवाती गोलको अग्रता उल्ट्याएको हो ।
इमिरेट्स स्टेडियममा आर्सनलले खेलको १३ औं मिनेटमा पिएरे इम्रिकको गोलबाट अग्रता बनाएको थियो ।तर खेल सकिन अन्तिम १० मिनेटमा चेल्सीले २ गोल फर्काउँदै जित निकाल्यो ।
खेलको ८३ औं मिनेटमा जोर्गीन्होले गोल गर्दै चेल्सीलाई बराबरीमा पुर्याए त्यसपछि खेलको ८७ औं मिनेटमा ट्यामी अब्राहमले गोल गर्दै चेल्सीलाई जित दिलाए ।











