Kathmandu Press

इंग्लिस प्रिमियर लिग : वर्नलीविरुद्ध म्यान्चेष्टर युनाईटेड विजयी

एजेन्सी, पुस १३ : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा वर्नलीमाथि जित निकाल्दै युनाईटेड तालिकाको शीर्ष चार नजिक पुगेको हो । वर्न....

इंग्लिस प्रिमियर लिग : वर्नलीविरुद्ध म्यान्चेष्टर युनाईटेड विजयी

एजेन्सी, पुस १३ : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा वर्नलीमाथि जित निकाल्दै युनाईटेड तालिकाको शीर्ष चार नजिक पुगेको हो । वर्नलीको घरेलु मैदानमा युनाईटेडले २–० को जित निकाल्न सफल रह्यो ।

युनाईटेडको जितमा एन्थोनी मार्टियल र मार्कोस रासफोर्डले एक एक गोल गरेका थिए । खेलको ४४ औं मिनेटमा मार्टियलले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्ता दिलाए । रासफोर्डले दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै युनाईटेडको जित निश्चित गरेका थिए ।

युनाईटेडले पछिल्लो ६ खेलमा १३ अंक बटुल्न सफल भएको छ । र ३१ अंक सहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । वर्नली २४ अंक सहित तालिकाको १३ औं स्थानमा रहेको छ ।

यस्तै शनिवार राती नै भएको अर्को खेलमा ब्राइटनले एएफसी बर्नमाउथलाई २–० गोल अन्तरले पराजित गर्दै प्रिमियर लिगको तालिकामा २३ अंकका साथ १४औँ स्थानमा उक्लिएको छ । ब्राइटनको जितमा अलिरजा जहाँबख्स र अरोन मोएले एक–एक गोल गरे ।

खेलको तेस्रो मिनेटमै अलिरजाले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको ब्राइटनले दोस्रो हाफमा पनि अर्को गोल थप्यो । ७९औँ मिनेटमा ब्राइटनका लागि मोएले गोल गर्दै २–० को जित दिलाए ।

प्रकाशित मिति: ०६:५६ बजे, आइतबार, पुस १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्