मधेस प्रदेशका नवनिर्वाचित सांसदको शपथ ग्रहण पुस १५ गते
मधेस प्रदेशसभामा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सांसद छन्।
जनकपुरधाम, पुस ११ : मधेस प्रदेशका नवनिर्वाचित सांसदको शपथ ग्रहण यही पुस १५ गते हुने भएको छ।
आज (सोमबार) प्रदेशसभा सचिवालयमा आयोजित सर्वदलीय बैठकमा पुस १५ गते दिउँसो २ बजेका लागि शपथको मिति र समय तय गरिएको हो।
प्रदेशसभाको ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसद गोवीन्दबहादुर न्यौपानेले नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउनेछन्।
मधेस प्रदेशसभामा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सांसद छन्।
प्रकाशित मिति: १६:१३ बजे, सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
