Kathmandu Press

शेयर बजारमा आज पनि लगानीकर्ता अन्योलमा 

काठमाडौं, पुस १० : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा उतारचढाव कम भयो। ट्रेडिङ्ग समूहमा सबैभन्दा बढी ६ दशमलव २६ प्रतिशतको वृद्धि रहेको छ।

....
शेयर बजारमा आज पनि लगानीकर्ता अन्योलमा 

काठमाडौं, पुस १० : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा उतारचढाव कम भयो। ट्रेडिङ्ग समूहमा सबैभन्दा बढी ६ दशमलव २६ प्रतिशतको वृद्धि रहेको छ।

बैंकिङ समूहमा पनि ० दशमलव ०७ प्रतिशतले वृद्धि भएको छ। तर उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा बढी १ दशमलव ०३ प्रतिशतको गिरावट रहेको छ। 

नेप्से परिसूचक ० दशमलव ६२ अंकले  घटेर ११६७ दशमलव ४१ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार ० दशमलव ०५ प्रतिशतले घटेको छ। ११६७ दशमलव ७४ को विन्दुमा खुलेको दोस्रो बजार ११७० दशमलव ४५ को उच्च विन्दुसम्म पुगेको थियो। 

Hardik ivf

आज बजारको न्यून विन्दु ११६५ दशमलव ९४ थियो। आज ५८ करोड ८६ लाख रुपैयाँ (एनआईसी एशिया बैंकको ऋणपत्रसहित) बराबरको कारोबार भएको छ।  कारोबार रकम भने बढेको छ।

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर कारोबार भएको छ।  नेपाल बैंक लिमिटेडको १३ करोड २२ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज पनि नेपाल सेवा लघुवित्तका शेयरधनीले सर्वाधिक ८ दशमलव ८० प्रतिशतले कमाए भने पाँचथर पावर कम्पनीका शेयरधनीले सर्वाधिक ७ दशमलव ६२ प्रतिशतले गुमाए।


छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो दिनको निष्कर्ष अनुसार हाल बजारको टेवा ११६० देखि ११६४ को क्षेत्रमा रहेको र प्रतिरोध ११८२ मा रहेको भनिएको थियो। आज बजारको उतारचढाव यही क्षेत्रभित्र सीमित रहेको छ। आज नेप्से परिसूचक ११६७ दशमलव ४१ को विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल प्रतिरोध क्षेत्रमा रहेको छ। आजको मैनबत्तीले ‘डोजी’ आकृति बनाएको छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गरेको छ। परिमाण सामान्य रहेको छ।

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। बजार आज पनि प्रवृत्तिहीन रहेको छ। 

प्रवृत्तिहीन रहेको बजारमा २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४३ दशमलव ६५ अंकमा रहेको छ। आरएसआईको प्रवृत्तिले कारोबारको अन्तिम समयमा क्रेताको चाप रहेको संकेत गरे पनि बजार निश्चित रुपमा बढी हाल्ने संकेत गरेको देखिँदैन। 

त्यस्तै, कारोबारको अन्तिम समयमा स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी बिक्री भएको संकेत गरेको र क्रेताको चाप सामान्य रुपमा रहेको देखिन्छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्रमा हेर्दा यदि बजार ११७० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध ११८० को क्षेत्रमा रहेको देखिन्छ। यदि बजार ११६४ भन्दा तल स्थिर रहेमा बजार केही नकारात्मक पक्षमा हुन सक्ने संकेत गरेको छ। 

प्रकाशित मिति: १८:०० बजे, बिहीबार, पुस १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्