शेयर बजारमा आज लगानीकर्ता अन्योलमा
काठमाडौं, पुस ९ : साताको चौथो कारोबार दिन बुधबार जीवन बीमा समूहमा सबैभन्दा बढी १ दशमलव २५ प्रतिशतको वृद्धि भएको छ।
बैंकिङ समूहमा पनि ० ....
काठमाडौं, पुस ९ : साताको चौथो कारोबार दिन बुधबार जीवन बीमा समूहमा सबैभन्दा बढी १ दशमलव २५ प्रतिशतको वृद्धि भएको छ।
बैंकिङ समूहमा पनि ० दशमलव ०४ प्रतिशतले वृद्धि भएको छ। तर ट्रेडिङ्ग समूहमा सबैभन्दा बढी ० दशमलव ३९ प्रतिशतको गिरावट देखिएको छ।
नेप्से परिसूचक १ दशमलव ८२ अंकले बढेर ११६८ दशमलव ०३ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार ० दशमलव १६ प्रतिशतले वृद्धि भएको छ। ११६६ दशमलव ५६ को विन्दुमा खुलेको दोस्रो बजार ११७३ दशमलव १५ को उच्च विन्दुसम्म पुगेको थियो।
बजारको न्यून विन्दु ११६५ दशमलव ७८ रहँदा दिनभरमा ५३ करोड ८३ लाख रुपैयाँ (सानिमा बैंकको ऋणपत्रसहित) बराबरको कारोबार भएको छ। कारोबार रकम भने घटेको छ।
आजको बजार अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै सानिमा बैंकको ४ करोड ८१ लाख ५० हजार ऋणपत्र कारोबार भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज नेपाल सेवा लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ८९ प्रतिशतले कमाए भने नेपाल फाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ९३ प्रतिशतले गुमाए।
लाभांश गतिविधि
महिला सहयात्रा लघुवित्तका सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस अघि भएको निर्णयमा संशोधन गरी १० प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत करसहित नगद लाभांश प्रस्ताव गरेको छ।
छोटो समयावधिको प्राविधिक विश्लेषण
अघिल्लो दिनको निष्कर्ष अनुसार हाल बजारको टेवा ११६० र प्रतिरोध ११८२ भनिएको थियो। आज बजारको उतारचढाव यही क्षेत्रभित्र सीमित रहेको छ। आज नेप्से परिसूचक ११६८ दशमलव ०३ को विन्दुमा बन्द भएको छ।
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल प्रतिरोध क्षेत्रमा रहेको छ। आजको मैनबत्तीले पनि ‘सुटिङ्ग स्टार’ आकृति बनाएको छ। यसले कारोबारको पहिलो समयमा क्रेताको चाप रहेको र अन्तिम समयमा विक्रेता हाबी रहेको संकेत गरेको छ। परिमाण सामान्य रहेको छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन केही घट्दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहीन रहेको छ। प्रवृत्तिहीन रहेको बजारमा २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४८ दशमलव ९६ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा बजार केही बढ्न सक्ने संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्रमा हेर्दा यदि बजार ११८२ भन्दा माथि स्थिर रहेमा बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध १२०० मा रहेको देखिन्छ। हाल बजारको तत्कालीन सामान्य टेवा ११६० देखि ११६४ को क्षेत्रमा रहेको देखिन्छ।