Kathmandu Press

शेयर बजारमा खरिदकर्ताको चाप, कारोबारमा वृद्धि 

काठमाडौं, पुस ७ : साताको दोस्रो कारोबार दिन सोमबार म्यूचियल फण्ड बाहेक अन्य सबै उपसूचकमा वृद्धि भएपछि नेप्से दोहोरो अंकले बढेको छ।

नेप्....

शेयर बजारमा खरिदकर्ताको चाप, कारोबारमा वृद्धि 

काठमाडौं, पुस ७ : साताको दोस्रो कारोबार दिन सोमबार म्यूचियल फण्ड बाहेक अन्य सबै उपसूचकमा वृद्धि भएपछि नेप्से दोहोरो अंकले बढेको छ।

नेप्से परिसूचक १७ दशमलव ७७ अंकले बढेर ११६८ दशमलव ५८ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार १ दशमलव ५४ प्रतिशतले बढेको छ। ११५० दशमलव ९३ को विन्दुमा खुलेको दोस्रो बजार ११६८ दशमलव ७९ को उच्च विन्दुसम्म पुगेको थियो।

बजारको खुला र न्यून विन्दु एकै रहेको तथा उच्च र अन्तिम विन्दु लगभग एउटै रहेकाले यसलाई प्राय जसो सकारात्मक रुपमा हेरिन्छ। आज बजारको न्यून विन्दु ११५० दशमलव ९३ थियो। आज ५९ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  कारोबार रकम भने बढेको छ।

Hardik ivf

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको ५ करोड ८५ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज नागरिक लगानी कोषका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने पाँचथर पावर कम्पनीका शेयरधनीले सर्वाधिक ७ दशमलव ०१ प्रतिशतले गुमाए।

 


छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो दिनको निष्कर्ष अनुसार प्राविधिक सूचकहरुले प्रारम्भिक सकारात्मक संकेत गरेको र यदि बजार ११६० भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध ११८० को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजार खुलेको एक घण्टाको समयावधिमा नेप्से प्रवृत्तिले सकारात्मक संकेतको समर्थन गरे वापत बजार बढेर ११६० को प्रतिरोधलाई पनि तोडेको छ। आज नेप्से परिसूचक ११६८ दशमलव ५८ को विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, अघिल्लो दिनको विश्लेषण अनुसार नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार हाल बजार ११५० को मुख्य टेवा क्षेत्रमा खरिदकर्ता पुनः सक्रिय हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न भनिएको थियो भने आज बजारमा खरिदकर्ताहरु आक्रामक रुपमा रहेको थियो। आजको मैनबत्तीले ‘बुलिस मारुबोजु’ आकृति बनाएको र परिमाणले पनि समर्थन गरेको छ। यसले बजार खुलेदेखि खरिदकर्ता आक्रामक रुपमा रहेको संकेत गर्नुका साथै अर्को कारोबार दिन पनि बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ।

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन प्रवृत्तिहीनख रहेको बजार आज बढ्दो प्रवृत्तिमा रहेको छ।

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु फराकिलो हुँदै गएकाले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ८५ दशमलव २४ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरेको छ। 


निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजारको प्रवृत्ति र सूचक हाल सकारात्मक रहेको देखिन्छ। बजारले अब ११७५ देखि ११८२ को बलियो प्रतिरोध क्षेत्रलाई सामना गर्नु पर्ने देखिन्छ। ११५० को क्षेत्र भने बलियो टेवा नै हुने देखिन्छ। 
 

प्रकाशित मिति: १८:०६ बजे, सोमबार, पुस ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्