Kathmandu Press

धनुषा ४ (२) मा एमालेका हरिनारायण महतो विजयी

धनुषा ४ (२) मा एमालेका हरिनारायण महतो विजयी

धनुषा, मंसिर १३ : धनुषा निर्वाचन क्षेत्र नं ४ ९२० मा नेकपा (एमाले)का हरिनारायण महतो विजयी भएका छन्।  

नेकपा (समाजवादी)का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी भएका हुन्। विसं २०६४ देखिका सबै निर्वाचन जित्दै आएका सत्रुधन यसपटक भने पराजित भएका छन् । 

हरिनारायणले १७ हजार तीन सय दुई मत प्राप्त गर्दा शत्रुधनले १५ हजार नौ सय छ मत प्राप्त गरे।मतगणनाको सुरु देखि नै अग्रता बनाएका  हरिनारायण एक हजार ३४२ मतान्तरले विजयी भएका हुन् । 

प्रकाशित मिति: १३:२८ बजे, मंगलबार, मंसिर १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्