सिरहा–३ (२) मा एकीकृत समाजवादीका यादव विजयी
सिरहा, मंसिर ९ : प्रदेशसभाअन्तर्गत सिरहा जिल्ला निर्वाचन क्षेत्र नं ३ (२) बाट नेकपा (एकीकृत समाजवादी)का प्रमोदकुमार यादव निर्वाचित भएका छन्।
निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार बिहीबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार यादवले नौ सय ६२ मतान्तरसहित नौ हजार नौ सय ७६ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सञ्जयप्रकाश यादवले आठ हजार १४ मत प्राप्त गरे।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणामअनुसार जनता समाजवादी पार्टीबाट रेणुकुमारी यादवले छ हजार सात सय ७९ मत प्राप्त गरे।
प्रकाशित मिति: १०:४४ बजे, शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९