शेयर बजार केहि सच्चिदैं, अब के होला ?
काठमाडौं, मंसिर २९ : केहि दिनदेखि विमा र लघुवित्तको कारण सकारात्मक देखिएको शेयर बजार आज यहि समूहमा विक्रेता हावी रहेकोले नेप्से परिसूचकमा असर देखिएको ....
काठमाडौं, मंसिर २९ : केहि दिनदेखि विमा र लघुवित्तको कारण सकारात्मक देखिएको शेयर बजार आज यहि समूहमा विक्रेता हावी रहेकोले नेप्से परिसूचकमा असर देखिएको छ।
साताको पहिलो कारोवार दिन आईतबार नेप्से परिसूचक ४ दशमलव ७८ ले घटेर ११६७ दशमलव ८६ को विन्दुमा बन्द भएको छ। दोश्रो बजार ० दशमलव ४१ प्रतिशतले घटेको छ । दोश्रो बजार ११७२ दशमलव ४५ को विन्दुमा खुलेको थियो भने ११८२ दशमलव ०१ को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु ११५९ दशमलव ७९ थियो। आज ६८ करोड ६० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोवार रकम भने घटेको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोवार हुने
आज सबै भन्दा धेरै एनएमबी बैङ्क लिमिटेडको शेयर किनबेच भएको छ। एनएमबी बैङ्क लिमिटेडको ६ करोड ३७ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज रास्ट्रिय बीमा कम्पनीका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने स्पर्ष लघुवित्तका शेयरधनीले सर्वाधिक ६ दशमलव ४ प्रतिशतले गुमाएका छन्।
छोटो समयावधिको प्राविधिक बिश्लेषण
अघिल्लो दिनको निश्कर्ष अनुसार यदि बजार ११७५ भन्दा माथि स्थिर रहेमा अझ केहि सकारात्मक हुने संकेत गर्दछ । अर्को बलियो प्रतिरोध ११८० देखि १२०० को क्षेत्रमा रहेको र बजारको तत्कालिन सामान्य टेवा ११६० देखि ११६५ को क्षेत्रमा रहेको देखिन्छ । आज बजारले यो प्रतिरोध क्षेत्रलाई दुई पटक परिक्षण गरेको थियो । बजार सच्चिएर ११६० को टेवा प्राप्त गरि नेप्से परिसूचक ११६७ दशमलब ८६ विन्दुमा बन्द भएको छ।
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजारले मुख्य प्रतिरोध क्षेत्रलाई सामना गरेको देखिन्छ। आजको मैनबत्तीले ‘स्पिनिङ्ग टप’ आकृति बनाएको छ। यसले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को दिनको मैनबत्तीलाई विश्लेषण गर्नु पर्ने हुन्छ। अन्तिम दिनको मैनबत्तीलाई परिमाणले समर्थन गरेको देखिन्दैन।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाब कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन बढ्दो प्रवृत्तिमा रहेको बजारले आज ‘डबल टप’ बनाई अन्तिम समयमा घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले ‘डेड क्रस’ बनाए पछि बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४१ दशमलब ८५ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारको अन्तिम समयमा पुन क्रेता हावी हुन सक्ने संकेत गरेको छ।
निश्कर्ष
माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुले मिश्रित संकेत गरेको छ। समग्रमा हेर्दा यदि बजार ११८२ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने संकेत गर्दछ । अर्को बलियो प्रतिरोध १२०० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार ११५९ भन्दा तल स्थिर रहेका बजार अझ केहि सच्चिन सक्ने संकेत गर्नुका साथै अर्को मुख्य टेवा ११५० को क्षेत्रमा रहेको देखिन्छ।