Kathmandu Press

कतार एयरवेज ए डिभिजन लिग फुटबलको मुख्य प्रायोजक

काठमाडौं, मंसिर २६ : सहिद स्मारक ए डिभिजन लिग फुटबलको मुख्य प्रायोजन कतार एयरवेजले गर्ने भएको छ। 

मुख्य प्रायोजकका रुपमा रहने गरी बिहीब....

कतार एयरवेज ए डिभिजन लिग फुटबलको मुख्य प्रायोजक

काठमाडौं, मंसिर २६ : सहिद स्मारक ए डिभिजन लिग फुटबलको मुख्य प्रायोजन कतार एयरवेजले गर्ने भएको छ। 

मुख्य प्रायोजकका रुपमा रहने गरी बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एयरवेजका मोहम्मद इल इमानबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौतासँगै कतार एयरवेजले ए डिभिजन लिग फुटबलका लागि एन्फालाई एक लाख ५० हजार अमेरिकी डलर प्रदान गर्नेछ। एन्फाले पहिलो पटक ए डिभिजन लिग फुटबलका लागि विदेशी कम्पनीसँग प्रायोजनको सम्झौता गरेको हो। 

सम्झौतापत्रमा हस्ताक्षरपछि एन्फा अध्यक्ष शेर्पाले कतार एयरवेजले नेपाली लिग फुटबललाई नयाँ उचाइमा पुर्‍याउन सहयोग गरेको बताए।

शनिबारदेखि सुरु हुने ए डिभिजन लिग फुटबलको उद्घाटना खेलमा मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब भिड्ने छन्। फागुन तीनमा सकिने लिगमा १४ वटा क्लबले प्रतिस्पर्धा गर्नेछन्।

शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ भने  पुछारमा रहने एक टिम बी डिभिजनमा घटुवा हुनेछ। यसअघि अघिल्लो वर्ष भएको रेलिगेसनबिनाको लिग फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो।   

प्रकाशित मिति: १६:३४ बजे, बिहीबार, मंसिर २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्