Kathmandu Press

लघुवित्त र बीमा कम्पनीमा खरिदकर्ताको चाप, नेप्सेमा दोहोरो अंकको वृद्धि 

काठमाडौं, मंसिर २५ : ६ दिनदेखि लगातार बढेको बजार बुधबार पनि सकारात्मक रह्यो। अघिल्लो दिन केही लगानीकर्ताहरुले नाफा सुरक्षण र नोक्सान कम गर्न शेयर....

लघुवित्त र बीमा कम्पनीमा खरिदकर्ताको चाप, नेप्सेमा दोहोरो अंकको वृद्धि 

काठमाडौं, मंसिर २५ : ६ दिनदेखि लगातार बढेको बजार बुधबार पनि सकारात्मक रह्यो। अघिल्लो दिन केही लगानीकर्ताहरुले नाफा सुरक्षण र नोक्सान कम गर्न शेयर विक्री गरेको देखिए पनि आज लघुवित्त र निर्जीवन बीमामा फेरि माग बढेपछि बजार वृद्धि भएको छ।

नेप्से परिसूचक १० दशमलव ११ ले बढेर ११६१ दशमलव ४७ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार ० दशमलव ८८ प्रतिशतले बढेको छ। ११५० दशमलव ८४ को विन्दुमा खुलेको दोस्रो बजार  ११६६ दशमलव १६ को उच्च विन्दुसम्म पुगेको थियो। 

बजारको न्यून विन्दु ११५० दशमलव ८४ रहँदा ५५ करोड १३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने बढेको छ।

Hardik ivf

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको संस्थापक शेयर किनबेच भएको छ। नेपाल बंगलादेश बैंक लिमिटेडको ६ करोड ४१ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज नेपाल सेवा लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९८ प्रतिशतले कमाए भने युनिलिभर नेपाल लिमिटेडका शेयरधनीले सर्वाधिक ३ दशमलव ९५ प्रतिशतले गुमाए।


लाभांश गतिविधि
लुम्बिनी विकास बैंकको सञ्चालक समितिले पाँच प्रतिशत बोनश शेयर र १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। डिप्रोक्स लघुवित्तको सञ्चालक समितिले ३० प्रतिशत बोनश शेयर र १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो दिनको निष्कर्ष अनुसार बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको र  यदि बजार ११६० भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजार ११६६ दशमलव १६ विन्दुसम्म पुगे पनि नेप्से परिसूचक ११६१ दशमलव ४७ विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजारले ११५२ कोे प्रतिरोधलाई निश्चित रुपमा तोड्न सफल भएको देखिन्छ। आज बजारले बुलिस मैनबत्ती आकृति बनाएको छ। यसले बजारमा विक्रेताभन्दा क्रेताको चाप रहेको संकेत गर्दछ। अन्तिम दिनको मैनबत्तीलाई परिमाणले समर्थन गरेको देखिन्छ।  

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन प्रवृत्तिहीन रहेको बजार आज बढ्दो प्रवृत्तिमा रहेकोे देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकआपसमा पुनः फराकिलो हुँदै गएकाले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५७ दशमलव २९ अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबारको अन्तिम समयमा बजार तटस्थ अवस्थामा रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजार केही सकारात्मक हुन सक्ने संकेत गरेको छ।  

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको देखिन्छ।  यदि बजार ११६६ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ।  अर्को बलियो प्रतिरोध ११८० देखि १२०० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार ११४७ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने देखिन्छ र अर्को सामान्य टेवा ११२५ देखि ११३५ को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १७:५२ बजे, बुधबार, मंसिर २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्