Kathmandu Press

शेयर बजार आज प्रवृत्तिहीन, कारोबार भने बढ्यो

काठमाडौं, मंसिर २४ : नेप्से परिसूचक २ दशमलव ४८ अंकले बढेर ११५१ दशमलव ३६ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार ० दशमलव २२ प्रतिशतले बढेको छ।

....
शेयर बजार आज प्रवृत्तिहीन, कारोबार भने बढ्यो

काठमाडौं, मंसिर २४ : नेप्से परिसूचक २ दशमलव ४८ अंकले बढेर ११५१ दशमलव ३६ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार ० दशमलव २२ प्रतिशतले बढेको छ।

११४९ दशमलव १० को विन्दुमा खुलेको दोस्रो बजार ११५८ दशमलव १२ को उच्च विन्दुसम्म पुगेको थियो। कारोबार रकम पनि सोमबारको भन्दा वृद्धि भएको छ।

बजारको न्यून विन्दु ११४७ दशमलव ४४ रहँदा दिनभरमा ४९ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने बढेको छ।

Hardik ivf


आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेडको शेयर किनबेच भएको छ। माछापुच्छ्रे बैंक लिमिटेडको ७ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 

आज नयाँ नेपाल लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले कमाए भने अरुण काबेली पावर लिमिटेडका शेयरधनीले सर्वाधिक ४ दशमलव ०९ प्रतिशतले गुमाए।


लाभांश गतिविधि

कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिले ६ प्रतिशत बोनश सेयर र २४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो दिनको निष्कर्ष अनुसार यदि बजार ११५५ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजार यो विन्दुभन्दा माथि गएपनि स्थिर रहन नसकेको र नेप्से परिसूचक ११५१ दशमलव ३६ विन्दुमा बन्द भएको छ। 

चित्र नं १ :  नेप्से दैनिक मैनबत्ती प्रवृत्ति


 

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार आज पनि बलियो प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ। बढी रहेको बजारमा, प्राविधिक भाषामा व्याख्या गर्दा केही लगानीकर्ताहरुले नाफा सुरक्षित र कम नोक्सानमा शेयर विक्री गरेको देखिन्छ।

बजारले ‘सुटिङ्ग स्टार’ मैनबत्ती आकृति बनाएको छ। यसले केही दिनदेखि रहेको नेप्सेको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को दिनको मैनबत्तीलाई पनि हेर्नुपर्ने हुन्छ। अन्तिम दिनको मैनबत्तीलाई परिमाणले समर्थन गरेको देखिन्छ।  

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन बढ्दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहीन रहेकोे देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकापसमा नजिकिँदै गएकाले बजारमा क्रेताको चाप कमजोर हुँदै गएको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५४ दशमलव ८५ अंकमा रहेको छ। यसको प्रवृत्तिले क्रेताको चाप कमजोर हँदै गएको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा कारोबारको अन्तिम समयमा शेयर बढी खरिद भएको संकेत गरेको छ।  

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुले बजार बढी हाल्ने संकेत नगरे पनि बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको देखिन्छ।  

यदि बजार ११६० भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। त्यस्तै, यदि बजार ११४७ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने देखिन्छ र अर्को सामान्य टेवा ११२५ देखि ११३५ को क्षेत्रमा रहेको देखिन्छ। 

प्रकाशित मिति: १८:४५ बजे, मंगलबार, मंसिर २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्